Logo
|
Thursday 25th April 2024
Logo

epaper

नर्भिक घटनाः को दोषी ?



 स्वास्थ्य मन्त्रालयले नर्भिक अस्पतालमा मगंलबार  भएको घटनाको छानबिन अघि बढाएको छ । मन्त्रालयले जिल्ला प्रशासन,  नेपाल मेडिकल काउन्सिल, जिल्ला प्रहरी कार्यालय, कानुन अधिकृत र विशेषज्ञ डाक्टरको टोली खटाएर छानबिन सुरु गरेको हो ।

टोलीले अस्पतालमा भर्ना भई उपचाररत १६ महिने शिशुको अकस्मात मृत्यु भएको थियो । शिशुका आफन्तले डाक्टरको लापर्बाहीले मृत्यु भएको दाबी गर्दै छानबिन गर्न माग गरेका थिए ।

सत्यतथ्य पत्ता नलागेसम्म शिशुको उपचारमा संलग्न पाँच डाक्टरलाई निलम्बन गरिएको  काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए ।
‘शिशुको उपचारमा संलग्न डाक्टर दोषी भए/नभएको प्रमाणित भएको छैन, डाक्टरहरुलाई निगरानीमा राखिएको छ, सत्य केही दिनमै खुल्छ’  शर्माले भने ।
हाल शिशुको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल महारागंज लगिएको छ ।

घटनापश्चात आमा चन्द्रा चपाईं अचेत अवस्थामा पुगेको शिशुका बाबु डा. रमेश आचार्यले बताए । शिशुको उपचारमा संलग्न डाक्टरको टिमलाई थुनेर अनुसन्धान गर्नुपर्ने मृतकका परिवारले माग गरेका थिए । तीन दिनभित्रै  घटनाको सत्यतथ्य पत्ता लगाइने जानकारी शर्माले दिएका छन् । -कान्तिपुर दैनिकबाट  

 

प्रतिक्रिया दिनुहोस्