Logo
|
Friday 19th April 2024
Logo

epaper

बैतडीमा अत्याधिक भाइरलका बिरामी



बैतडीमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ । मौसममा आएको परिवर्तनका कारण जिल्लामा भाइरलको संक्रमण बढेको हो ।

दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या अत्यधिक बढेको छ । अस्पतालमा आजभोलि २०० को हाराहारीमा बिरामी आउने गरेका छन् । बर्सातमा पानीका मुहान दूषित भएका कारण पानीजन्य रोगका बिरामी बढी आउने गरेको डा जगदीश विष्टले बताउनुभयो । अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ ।
यस्तै, पाटन प्राथमिक स्वास्थ्य केन्द्र, सिगास स्वास्थ्य चौकीलगायत विभिन्न स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्र्मीले बताएका छन् । अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल र टनसिलका बिरामी दैनिक ७० भन्दा बढी आउने गरेको डा नवीन्द्र ढकालले बताउनुभयो ।

बिरामी दैनिकरूपमा बढ्दै जाँदा औषधिको अभाव भएको उहाँले बताउनुभयो । सिगास स्वास्थ्य चौकीमा पनि बिरामीको सङ्ख्या बढ्दै गएको स्वास्थ्यचौकीले जनाएको छ । यस्तो बेलामा खानपानमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्