Logo
|
Friday 19th April 2024
Logo

epaper

क्यान्सर रोग पीडित राजवंशीलाई सहयोग



क्यान्सर रोग पीडित झापा हल्दीबारी–३ चिया बगान निवासी धनसरी राजवंशीलाई हल्दीबारी गाउँपालिका–४ जलथल बस्ने सिग्मा इंलिस स्कुल, हल्दीबारीका शिक्षक गोपाल गौतमले आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

विगत एक वर्षदेखि पाठेघरको क्यान्सर पीडित चिया मजदुर राजवंशीलाई गौतमकै नेतृत्वमा विर्तामोडस्थित बाल्मिकी एजुकेशन, क्योनरी एकाडेमी र सिग्मा स्कुलका विद्यार्थी भाइबैनीद्वारा संकलित रु १५ हजार २६० नगद सहयोग गरेको पीडित राजवंशीका श्रीमान् नेत्र राजवंशीले जानकारी दिनुभयो ।

स्थानीय गाउँलेले समेत आर्थिक सहयोग गर्दै आएका छन् भने सबै संघसंस्थाले आर्थिक सहयोग गरी श्रीमतीलाई बचाइ दिन नेत्र राजवंशीले सबैसँग अपिल गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्