Logo
|
Thursday 18th April 2024
Logo

epaper

कष्टकर रोग– पक्षघात



पक्षाघात स्नायु प्रणालीसगं सम्बन्धित एउटा कष्टदायक रोग हो । मस्तिष्कको कुनै भागमा रक्तप्रवाह हुन नसकेमा त्यो भाग निस्क्रिय हुन्छ । त्यस भागले नियन्त्र गर्ने शरीरको अगं समेत निस्क्रिय हुन्छ । त्यसलाई पक्षाघात र अंग्रेजी भाषामा प्यारलाईसीस भनिन्छ ।

पक्षघात भएको भागमा सेन्सेसन अर्थात अनुभुति हुन बन्द भईहाल्छ । यो रोग प्रायगरी प्रौढ आयु पछि नै हुने सम्भावना रहन्छ । तर यो रोग हुने किसिमको वातावरण वा परिस्थितिहरु युवा अवस्थाबाट नै बन्न थाल्छ ।

आहार विहार, आचरण र विचार, मादक पदार्थको सेवन, व्यायामरहित जीवनशैलीको कारणले गर्दा शरीरको स्नायु प्रणाली बिस्तारै बिस्तारै कामजोर हुन थाल्छ । यसबाहेक अति दौड(धुप गर्नु, क्षमता भन्दा बढी शारीरिक परिश्रम या व्यायाम गर्नु, उच्च रक्तचापको कारण पनि स्नायुप्रणालीमा असर पर्दछ ।

पक्षाघात हुनु अघि देखिने लक्षणहरु

पक्षघात हुने अंग झम झम गर्छ र चिलाउँछ । त्यस अगंको स्नायु कमजोर हुन्छ र त्यो भाग अचेत हुन थाल्छ । उत्साह मर्दै जान्छ, भोक, निन्द्रा का साथै रुचि समेत मर्दै जान्छ ।

रोगको प्रकार तथा लक्षणहरु

अर्धांग घात (हेमिप्लेजिया) शरीरको कुनै एकभागमा यस रोगको असर देखिएमा यसलाई अर्धांगघात भनिन्छ । यस रोगमा पक्षघात ग्रस्त भागको चेतना लुप्त हुनुको साथै प्रभावित अगं निस्क्रिय भइहाल्छ ।

मुख टेढो हुन्छ, बोल्नमा गाह्रो हुन्छ, स्मरण शक्ति नष्ट हुनसक्छ, आँखाबाट आँसु बग्न थाल्छ र शरीरको रोग ग्रस्तभाग बिस्तारै–बिस्तारै सुकन वा दुब्लो हुन थाल्छ ।

यस रोगमा रक्तवाहिनि मा विकृतिको कारण मस्तिष्कमा रक्तस्राव हुन जान्छ । जसले गर्दा रोगी अचानक मुर्छित भई ढल्दछ । यस अवस्थालाई एपोपलेक्सी भनिन्छ । यसमा मस्तिष्कको धमनि भित्र रक्त संचालन बन्द हुन्छ र मस्तिष्कको दबाबको कारण तन्तुहरु विनाश भइ अर्धांगघातको स्थिति उतपन्न हुन्छ । जसले गर्दा शरीरको कुनैपनि आधा भाग पक्षघात ग्रस्त हुन जान्छ ।

एकांग घात ( मोनोप्लेजिया) यसमा मस्तिष्क को बाहिरको भाग (सेरेब्रल कुरलेक्स) मा विकृति हुनाले एक हात वा एउटा खुट्टा पक्षघात ग्रस्त हुन्छ । रोग ग्रस्त अंगको मांसपेसीहरु शिथिल हुन्छ र त्यसमा स्पर्श अनुभुति हुँदैन । ईच्छानुसार अंग उठाउन सकिँदैन ।

सर्वांग घात (डिप्लेजिया ) यसमा पक्षघातको असर दुवै हात वा खुट्टा अनुहार एवं पुरै शरीरमा नै हुन्छ । कम्मरदेखि तलको भाग यानी दुवै खुट्टा पक्षघात ग्रस्त हुन्छ । यो रोग सुषुम्ना नाडि ९स्पाईनल कर्ड०मा विकृति आउनाले हुन्छ । यदि यो विकृति सुषुम्नाको ग्रिवा खन्ड अर्थात सर्वाईकल सेगमेन्टमा भएको छ भने दुवै हातको पक्षघात हुनसक्छ ।

रोग निवारणमा सहायक उपाय

पक्षाघात भएका बिरामीलाई सहारा दिएर हिँड्डुल र व्यायाम गराउनु पर्छ । हातखुट्टा धुनको लागि तातोपानीको प्रयोग गर्नुपर्छ । आधा लिटर शुद्ध तोरीको तेलमा २५० ग्राम जति पिँधेको लसुन मिलाएर राम्रोसंग उमाल्ने र चिसो बनाएर छानि त्यसको तेलले पीडित अंगमा मालिस गर्नुपर्छ ।

के नगर्ने

रोग निको नभएसम्म चिसोपानी पिउनु र चिसोपानीले नुहाउनु, चिसो हवामा बस्नु र बिरामी बस्ने कोठा चिसो बनाउनु हुँदैन । मनमा चिन्ता, भय, क्रोध र मानसिक तनाव उतपन्न गर्ने खालको विचार आउन दिनु हुँदैन । पूर्ण रुपमा शारिरिक एवं मानसिक आराम गर्ने ।

खान–पान

रोग निको हुनुमा बिरामीको खानपानले पनि धेरै सहयोग पुर्याुउँछ । सादा सुपाच्य, पौष्टिक आहार लिने । रोटी, भात, मास र मुगंको दाल, परवल, लौका, घिरोला, करेला, भान्टा, अदुवा, प्याज, लसुन, बेथे , मेथिको साग खाने । फलफुलमा स्याउ, नासपाति, मेवा, अंगुर, खाने । तातो दुध, सख्खर, बादाम, छोहाडा खाने ।

के नखाने

तारेकोरभुटेको, पिरो मसालादार खाना नखाने । चिया, कफी, कोल्डड्रिंक्स, धुमपानको सेवन नगर्ने ।

उपाचर

आराम, व्यायाम, भोजनमा सुधार गर्दे प्राकृतिक चिकित्सा एवं होमियोप्याथिक यस रोगको लागि अति उपयोगी मानिन्छ ।

होमियोप्याथिक औषधि यो रोगमा लाभदायक छ । जस्तै– कस्टिकम– अत्यधिक कमजोरीको साथै चिसो लाग्नु, चिर स्थायी दुस्ख, भय, प्रसन्नता, क्रोध आदि सहन गर्न नसक्ने अवस्थाका कारण कुनै अगं प्रभावित भएमा यसको प्रयोग लाभप्रद छ । यसमा शरीरको दाहिने भाग रोग ग्रस्त हुन्छ ।

एकोनाईट( यो औषधि रोगको सुरुको अवस्थामा लाभदायक छ । चिसो लागेर या कुनै भयको कारणले रोग लागेमा यसको सेवन गर्नुपर्छ ।

जेल्सिमियम– पक्षघातमा कम्पन हुनु, मांसपेसीको शक्ति बिस्तारै–बिस्तारै क्षिण हुँदै गएमा यसको प्रयोग गर्न सकिन्छ ।

लेकेसिस– शरिरको देब्रेभाग पक्षघातग्रस्त भएमा ।

एलो  -मलद्वारको पनि पक्षघात हुन्छ । यदि दिशा थाहै नपाई बहिर निस्किन्छ भने यो औषधिको सेवन उपयोगि हुन्छ ।

सिपिया- आँखा को परेला एवं मुत्रासयको पक्षघातमा यो औषधि लाभप्रद छ ।

उपरोक्त औषधिहरु प्रयोग आफ्नो नजिकको कुनै योग्य तथा अनुभवि चिकित्सकको सल्लाह लिएर सेवन गर्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्