Logo
|
Tuesday 16th April 2024
Logo

epaper

ओम हस्पिटलको लफडा बल्ल मिल्यो



ओम हस्पिटल र गत बुधबार नाकको शल्यक्रिया गर्दा ज्यान गुमाएकी कमला भट्टराइको आफन्तबीच सहमति भएको छ । नाकको सामान्य शल्यक्रियाका लागि आएकी भट्टराइको अस्पतालको लापरबाहीले ज्यान गुमाएको भन्दै मृतकका परिवारले दुई दिनदेखि अस्पताल परिसरमा नाराबाजी र जुलुस गरिरहेका थिए । अस्पतालले भट्टराइको निधनका विषयमा सत्यतत्थ्य छानबीन गर्न पीडित पक्ष र हस्पिटल पक्षबाट नेपाल सरकार स्वास्थ्य मन्त्रालयका उच्च स्तरीय छानबीन समितिलाई आफ्नो तर्फबाट सहयोग पु¥याउने सहमति अनुसार अस्पतालमा भएको लफडा शुक्रबारबाट सकिएको छ । नाराबाजी जुलुसका कारण अवरुद्ध अस्पतालको ओपिडी सहित सम्पूर्ण सेवा यथवात रुपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्