Logo
|
Friday 19th April 2024
Logo

epaper

अल्ट्रासाउन्ड कुन समस्यामा प्रयोग हुन्छ ?



अल्ट्रासाउण्ड भनेको एउटा ध्वनीको तरंग हो जुन मानिसले कानले सुन्दैन । ध्वनीको तरंग भित्र गएर सम्बन्धित ठाउँमा ठोक्किएर रिफ्लेक्ट भएर फर्किदा यो पिक्चर (फोटो) मा परिणत भएर आउँछ । बोलिचालीमा अल्ट्रासाउण्डलाई भिडियो एक्सरे भन्ने चलन छ । तर यो भिडियो फोटो हो । यसमा कुनै पनि साइड इफेक्ट छैन । साइड इफेक्ट नभएका कारण गर्भको भ्रूणदेखि अन्तिम अवस्थासम्म अल्ट्रासाउण्ड गरिँदै आएको हो । यो कुनै विकिरण होइन । अल्ट्रासाउण्ड निकै सुरक्षित मानिन्छ । अल्ट्रासाउण्डबाट निम्न रोगको पहिचान गर्न सकिन्छ ।

पित्तको थैली
– पत्थरी
-इन्फेक्सन
– हिलो (स्लज)
– क्यान्सर
– प्वाल

मिर्गौला

– पत्थरी
– मिर्गौलामा जमेको पानी
-मिर्गौला ड्यामेज
– मिर्गौलामा पलाएको मासु टयूमर

युरिनरी व्लाडर

-संक्रमण
-वाक्लोपना
– मासु पलाएको
– रगत जमेको
– ब्लक आदि ।

कलेजो
– कलेजोमा जमेको बोसोको मात्रा
– लिभर सिरोसिस
– लिभरका रोग

प्यांँक्रियाज
मधुमेह भएका व्यक्तिहरुको प्यांक्रियाजको अवस्था र प्याँक्रियाज सुन्निएको आदि अल्ट्रासाउण्डबाट पत्ता लगाउन सकिन्छ ।

पेट
-पेटमा जमेको पानीको अवस्था
-कब्जियत

थायराइडको समस्या

टेस्टिजको रोग

मस्कुलर

जोर्नीको समस्या

गर्भमा भएका बच्चाको मुटुको इको गरेर मुटुको अवस्था

गर्भावस्था
गर्भमा रहेका बच्चाको अवस्था हेर्ने प्रभावकारी माध्यम अल्ट्रासाउण्ड मानिन्छ । जापानलगायतका विकसित मुलुकमा एकपटकको गर्भावस्थामा १०—१५ पटक अल्ट्रासाउण्ड गरेर गर्भको बच्चाको अवस्था हेर्ने प्रचलन छ । तर नेपालमा एक पटकको गर्भावस्थामा १ देखि अधिकतम ३ पटकसम्ममात्र अल्ट्रासाउण्ड गर्ने प्रचलन छ । एकपटकको गर्भावस्थामा बच्चा नजन्मेसम्म न्यूनतम ३ पटकसम्म अल्ट्रासाउण्ड गर्न राम्रो मानिन्छ । शुरुको गर्भमा बच्चा रहँदा अल्ट्रासाउण्ड गर्न सकिन्छ । त्यसपछि १८—२२ हप्तामा अल्ट्रासाउण्डबाट गरिने एनामाली एकदमै महत्वपूर्ण हुन्छ । यो बेला बच्चाको हात, खुट्टाको अवस्था, मुख, ढाड, आँखाको अवस्था, मिर्गौलाको अवस्था यो बेला गरिने अल्ट्रासाउण्डबाट स्पष्ट देख्न सकिन्छ । बच्चा जन्मिसकेपछि पूर्ण मानसिक अवस्था कस्तो हुन्छ ? भन्ने कुरा अल्ट्रासाउण्डबाट पत्ता लगाउन सकिदैन ।

प्रतिक्रिया दिनुहोस्