इन्टरभेन्सनल रेडिओलोजी— डायग्नोष्टिक मात्र होइन, सफल उपचार पनि

प्रा.डा. रामकुमार घिमिरे, वरिष्ठ रेडियोलोजिष्ट || प्रकाशित मिति :2017-09-22 04:45:00

  मोटरसाइकल दुर्घटना परेका काठमाडौँका एक १९ वर्षीय विद्यार्थीलाई अस्पतालको आकस्मिक कक्षमा ल्याइयो । अस्पतालमा ल्याइपुर्याउँदा उनको रक्तचाप न्यून हुनका साथै पेट फुलेको थियो । अनुसन्धानका क्रममा उनको कलेजो फुटेको र कलेजोबाट रगत बगिरहेको देखियो । विशेषज्ञहरूको सल्लाहमा ज्यान जोगाउन आकस्मिक शल्यक्रिया गर्नुपर्ने भयो । तर शल्यक्रियाको खतरा अत्यन्त बढी हुनका साथै शल्यक्रियाका क्रममा कलेजोको केही भाग समेत फाल्नुपर्ने हुनसक्ने राय आयो । बिरामीको सामान्य अवस्था समेत अत्यन्त नाजुक भएकाले शल्यक्रियाका क्रममा शल्यक्रियाले भन्दा पनि रक्तस्राबबाट उत्पन्न जटिलताका कारण ज्यान जानसक्ने अवस्था रहेको जानकारी गराइयो । विशेषज्ञहरूबीचको सल्लाहबाट उपचारको विकल्पका रूपमा इन्टरभेन्सनल रेडिओलोजी प्रविधिबाट रक्तस्राव रोक्ने निर्णय गरी बिरामीका निकट नातेदारको मञ्जुरी लिइयो । करिब ४५ मिनेटको इन्टरभेन्सनल रेडिओलोजी प्रक्रियाबाट कलेजोमा फुटेको रगतको नली काछको रगतको नलीबाट पाइप ९अबतजभतभच० पठाई बन्द गरी रक्तस्राव बन्द गरियो । यस पश्चात् बिरामीको अवस्थामा क्रमिक सुधार भई पाचाँै दिनमा धर पठाइयो ।

पाँचथरका १४ वर्षीय एकजना किशोर नाकबाट अत्याधिक रक्तस्राव भई अस्पताल भर्ना भएर बारम्बार रक्तस्राव रोक्ने प्रयास सफल नभएपछि उपचारका लागि त्रि.बि. शिक्षण अस्पताल पठाइयो । अनुसन्धानका क्रममा नाकभित्र अत्यन्तै धेरै रगतका नसा भएको गाँठो देखियो । शल्यक्रियामा अत्यधिक रक्तस्राव हुने र सो को कारण गाँठो पुरा निकाल्न कठिन हुने भएकाले विशेषज्ञहरूको राय अनुरूप काछको रगतको नलीबाट पाइप ९अबतजभतभच० पठाई गाँठोका रगतको नली बन्द गरियो । सो को अर्को दिन अत्यन्त न्यून रक्तस्राब साथ सफल शल्यक्रियाबाट सम्पूर्ण गाँठो निकालियो र एक सातापछि उनलाई घर पठाइयो ।

एक जना ५५ वर्षीय पुरुष कलेजोमा गाँठो ९तगmयच० देखिएकाले उपचारका लागि अस्पताल भर्ना भए । विभिन्न जाँचबाट कलेजोमा पाँच सेन्टीमीटरको क्यान्सर भएको निक्र्यौल भयो । विशेषज्ञहरूको आपसी छलफलमा क्यान्सर निको हुन नसक्ने र विभिन्न कारणले शल्यक्रिया सम्भव नहुने राय आयो । जतिसक्दो बिरामीको आयु लम्ब्याउन रगतको नलीबाट केमो औषधिसहितको माध्यमबाट रगतको नली बन्द गरी ९अजझयझदयष्शिबतष्यल० उपचार गरियो । तीन महिनापछि जाँच गर्दा ट्युमर केहि घटेको देखियो । यो उपचारबाट उहाँ निको हुनुभएको छैन । दुई वर्षको पछिल्लो जाँचमा ट्युमर बढेको देखिएको छ । विशेषज्ञहरूको रायमा उहाँ उस्तै अवस्थाको यस्तो उपचार नगरेका सोही रोगका बिरामीहरू भन्दा धेरै बढी बाँच्नु भएको छ ।

४० वर्षका एकजना हरि बहादुर नाम गरेको व्यक्तिलाई २० वर्ष अगाडी क्षयरोग भएको थियो । केही वर्ष यता जाडोयाममा रुघा खोकी लाग्दा बेला बेलामा खकारमा रगत देखापर्दथ्यो । जँचाउन जाँदा फेरि क्षयरोग बल्झिएको शंका भए पनि फोक्सोमा पुरानै दाग बाहेक रोग बल्झिएको देखिएन । चार दिन अगाडी एक्कासी खकारमा अत्यधिक रगत देखापर्न थाल्यो । हिजो पटकपटक गरेर २ माना जत्ति रगत गयो । चिकित्सकको सल्लाहमा नसाबाट रगतदिदैँ उनलाई एम्बुलेन्सबाट काठमाडौँको केन्द्रीय अस्पताल ल्याइयो । उपचारमा संलग्न चिकित्सकहरूले पुरानो क्षयरोगको दागको कारणले श्वासनलीबाट रक्तस्राव भएको ठम्याई इन्टरभेन्सनल रेडियोलोजीको माध्यमबाट उपचार गर्ने निधो गर्नुभयो । राति नै काछबाट रगतको नलीमा पाइप ९अबतजभतभच० पठाइ श्वासनलीमा रक्तस्राब गराउने रोगी रगतको नसालाई औषधिले बन्द गरी दिनुभयो । त्यसपछि रक्तस्राव भएको छैन ।

इन्टरभेन्सनल रेडिओलोजी भनेको के हो?
बिना चिरफार वा अत्यन्त कम चिरफार गरी रेडिओलोजी उपकरणको पथ प्रदर्शनबाट शरीरको भित्री भागमा गरिने शल्य उपचार बिधिलाई इन्टरभेन्सनल रेडिओलोजी भनिन्छ ।
परम्परागत शल्यक्रियामा भन्दा यस बिधिबाट रोगको उपचार गर्दा बिरामीलाई काम दुःखाई हुनुका साथै बिरामी हुने अवधि घट्ने, मृत्युदर कम हुने र अस्पताल बसाई घट्ने हुन्छ । अधिकाँश इन्टरभेन्सनल कार्य बिरामीलाई बेहोस नगरी गरिने हुनाले बेहोस गर्दा आउनसक्ने जटिलताहरू ९ब्लबभकतजभतष्अ ऋयmउष्अिबतष्यलक०पनि कम हुन्छ । तर यसको अर्थ यो होइन कि सम्पूर्ण रोगहरू यस प्रविधिबाट उपचार गर्न सकिन्छ । केही रोगहरूमा शल्यक्रियाको क्रममा हुनसक्ने जटिलतालाई कम गर्न शल्यक्रिया गर्नअघि वा शल्यक्रियाको समयमा नै पनि यो विधिको प्रयोग गर्न सकिन्छ ।

यसको प्रयोगबाट कस्तो कस्तो समस्याका लागि गर्न सकिन्छ ? बुँदागत रुपमा व्याख्या गरिदिनुहोला ।

यस विधिको प्रयोग चार प्रायोजनमा गर्न सकिन्छ ।

रोग पत्ता लगाउने
कतिपय रोगहरु शरीरका कोष को जाँच नगरी पत्ता लगाउन सकिँदैन । यस्तो अवस्थामा रेडियोलोजी उपकरणहरु प्रयोग गरी जटिलता न्यून हुने गरी रोग रहेको शरीरको भित्री भागबाट कोष या तन्तु निकाल्न सकिन्छ । यो सेवा देशको धेरै ठाउँमा उपलब्ध छ ।

रोगको पूर्ण उपचार गर्ने
जटिलतम शल्यक्रिया गरी उपचार गर्नुपर्ने र धेरै ज्यान जोखिममा पर्ने कतिपय अवस्थाहरूमा यो बिधिबाट न्युनतम हानी र न्युनतम जोखिम साथ सफल उपचार गर्न सकिन्छ । कतिपय रोगहरु या शल्यक्रिया पछि उत्पन्न समस्या सजिलै उपचार गर्न सकिन्छ । शरीरका भित्री भागमा जममा भएको पिप, पानी आदि एउटा वा केहि पाइप  राखेर पुरा उपचार गर्न सकिन्छ ।

शल्यक्रिया अघि शल्यक्रियालाई सहज र कम जटिल पार्ने
कतिपय रोगहरूमा अत्याधिक रोगी नशाहरू वृद्धि हुन्छन । शल्यक्रिया गर्दा ज्यान जान सक्नेगरी रक्तस्राव हुन सक्छ । यस्तो अवस्थामा शल्यक्रिया अगावै सो रगतका नशाहरू बन्द गरिएमा रक्त स्राव कम हुनका साथै जटिलता पनि कम हुन्छन् ।

निको हुन नसक्ने रोगमा बिरामीको दैनिक जीवन सहज बनाउने या आयु लम्ब्याउने
विशेष गरी क्यान्सरबाट पीडित बिरामीहरूको दैनिक जीवन सहज बनाउन या आयु लम्ब्याउन यो विधिबाट सहयोग पुग्नसक्छ । उदाहरणका लागि पित्त थैली या पित्त नलीको क्यान्सर हुँदा बिरामीलाई जन्डिस हुन्छ । जन्डिसबाट शरीर पहेँलो मात्र नभएर खप्न नसक्ने गरी जिउ चिलाउँछ । यदि रोग धेरै बढिसकेको र शल्यक्रिया गर्न नमिल्ने भए वा जन्डिस नघटाई शल्यक्रिया गर्न नसकिने भए बाहिर बाट पाइप ९अबतजभतभच० राखेर पित्त बाहिर निकाल्न सकिन्छ वा अवस्था हेरी थुनिएको नली खोले पित्त आन्द्रामा नै जाने बाटो बनाउन सकिन्छ ।

नेपालमा इन्टरभेन्सनल रेडियोलोजीको विकास गर्नुपर्ने आवश्यकता किन छ ?
हामी सबै डाक्टरहरू कुनै पनि रोग या समस्याको समाधान छिटो, सजिलो , कम पीडादायक र कम हानिकारक होस् भन्ने चाहन्छौं । तर रोगको एकै प्रकृति हुँदैन । समाधान पनि एकै खालको र सजिलो हुँदैन । यस सन्दर्भमा माथि भनेका कुराहरूलाई केही हदसम्म सम्बोधन गर्न इन्टरभेन्सनल रेडियोलोजीको नितान्त जरुरी छ । यसले रोगको निदानमा सहजता ल्याउनुका साथै अन्य प्रविधिद्वारा उपचार गर्दा हुनसक्ने खतरा र हानीलाई कम गर्न प्रयोग गर्न सकिन्छ । यो सर्वमान्य तथ्य हो कि कतिपय अवस्थामा शल्यक्रिया पछि केही प्रतिशत रोगीहरूमा जटिलता देखापर्छ । यस्ता धेरै समस्यालाई इन्टरभेन्सनल रेडियोलोजीको माध्यमबाट उपचार गर्न सकिन्छ । यसले उपचार गर्ने शल्य चिकित्सकहरूलाई कठिन रोगहरूको समेत शल्यक्रिया गर्न हिचकिचाउनुपर्ने अवस्था रहँदैन र हौसला उच्च रहन्छ । जो रोगी र हामी सबै जनताका लागि, जसलाई कुनै न कुनै बेला उपचार को आवश्यकता रहन्छ, अत्यन्त राम्रोकुरा हो मिर्गौला, कलेजो र अन्य अंग प्रत्यारोपणमा इन्टरभेन्सनल रेडियोलोजीको उपस्थिति र विकास बिना सम्भव छैन ।
उदाहरण चारमा बयान गरे झैँ टाढाकोअस्पताल सम्म पुग्न सबै बिरामी भाग्यमानी नहुनसक्छन । कतिको ज्यान बाटोमै जान्छ । सहज उपचारपछि सामान्य जीवनयापन गर्नसक्ने सम्भावना त्यही दिन अन्त्य हुन सक्छ । यो त एक साँचो उदाहरण मात्र हो । यस्ता समस्याहरू दैनिक घट्छ । तसर्थ देशको सबै तिर यस्तो सेवा उपलब्ध हुन जरुरी छ ।

शुरुमा यहाँबाट इन्टरभेन्सनल रेडियोलोजी शुरु गर्दा भएका चुनौति र अहिलेको अवस्था कस्तो छ ?
इन्टरभेन्सनल रेडियोलोजीको विकास तीव्र भएको धेरै भएको छैन । सन् १९८० को दशकको अन्त्यतिर जब म रेडियोलोजीमा प्रवेश गरेँ । हाम्रो देशमा भर्खर रेडियोलोजीको विकास हुन लागेको थियो । इन्टरभेन्सनल रेडियोलोजीको उपयोगका लागि उपकरण र प्रविधिहरु उपलब्ध थिएनन् । त्यसको तुलनामा हाल धेरै सुधार आएको छ । केन्द्रीयस्तरमा पनि अति जटिल इन्टरभेन्सनल सेवाहरु अझ पनि शुरु गर्न सकिएको छैन जसमा उपकरण, तालिम र आर्थिक भार मुख्य कारण रहेका छन् । इन्टरभेन्सनल रेडियोलोजीमा प्रयोग हुने कतिपय सामाग्रीहरू अत्यन्तै महँगा छन् र चाहिएको बेलामा उपलब्ध छैनन् । अर्कोतिर देशका अञ्चल वा क्षेत्रीय स्तरका अस्पतालहरूमा समेत उपकरण, तालिम र अन्य सामग्रीहरूको अभावमा हुन सक्ने सेवा पनि प्रदान गर्न सकिएको छैन । देशका १७ भन्दा बढी चिकित्सा शिक्षा अस्पतालहरूमा मात्र पनि यो सेवा उपलब्ध हुने हो भने धेरैलाई लाभ पुग्थ्यो ।

नेपालमा इन्टरभेन्सनल रेडियोलोजीसम्बन्धि कति चिकित्सक हुनुहुन्छ ?
इन्टरभेन्सनल रेडियोलोजी विधा मात्रमा सेवा दिने चिकित्सकहरू अत्यन्त कम छन् । तर रेडियोलोजी विषयको अध्यापन अध्ययनमा समेत यो विषय समेटिने भएकाले केही सेवाहरू सबै रेडियोलोजिस्टहरुले प्रदान गर्न सक्छन् । हाम्रो संस्था (नेपाल भास्कुलर एण्ड इन्टरभेन्सनल रेडियोलोजी समाज) बेलाबेलामा विभिन्न शैक्षिक कार्यक्रम सभा गरी यो सेवा देशभित्र प्रवद्र्धन र बिस्तार गर्न लागिपरेको छ ।

    Comment Here!