Logo
|
Friday 29th March 2024
Logo

epaper

डाक्टरले क्षतिपूर्ति दिनुपर्ने प्रकरणः यस्तो छ मन्त्री परिषद्को निर्णय



यतिखेर चिकित्सकहरु निकै विचलित भएका छन् । ‘नखाउँ भने दिनभरको शिकार, खाउँ भने कान्छोबाबुको अनुहार’ भने जस्तै भएको छ । गत असोज २ गते भएको मन्त्री परिषद्को निर्णयले बिरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाट नै क्षतिपूर्ति भराउने भन्ने सुचना तथा सञ्चार मन्त्रीको अभिव्यक्तिले चिकित्सकहरुमा एक किसिमको तरंग पैदा भएको छ ।
तर मन्त्री परिषद्को बैठकमा सुचना तथा सञ्चार मन्त्रीले भने भन्दा अलि बेग्लै किसिमको निर्णय भएको विवरण पाइएको छ । सो निर्णय कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयको सचिवलाई पठाठएको पत्रमा भनिएको छ—‘चिकित्सकको चरम लापरबाही (ग्रस नेग्लिजेन्स) का कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यवसायिक बीमा (प्रोफेसनल लायबलिटी इन्स्योरेन्स) र क्षतिपूर्ति लगायतका आवश्यक विषयहरुलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने ।’
सो पत्र मन्त्रालय पुगेपछि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आन्दोलनरत चिकित्सकहरुसँग बिहिबार मन्त्रालयमा छलफल गर्नुभएको थियो । सहमतिका लागि चिकित्सकहरु सकारात्मक भएको मन्त्रालयका प्रवक्त डा. श्रीकृष्ण गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्