Logo
|
Saturday 20th April 2024
Logo

epaper

प्यालिएटिभ केयरसम्बन्धि वृहत प्रशिक्षण कार्यक्रम



ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा क्यान्सर बिरामीका लागि गरिने प्यालिएटिभ केयर (स्याहार सुसार) सम्बन्धि तिन दिने बृहत प्रशिक्षण तालिम कार्यक्रमको आयोजना गरिएको छ ।
सो कार्यक्रममा देशभरका निजि तथा सरकारी अस्पताल, मेडिकल कलेज, नर्सिङ कलेजलगायतका स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ डाइरेक्टर तथा अध्ययन गरिरहेका नर्सिङ छात्राहरु संलग्न रहेका छन् । अन्तर्राष्ट्रिय मापदण्डसम्बन्धि क्यान्सर उपचार पद्धतिलाई व्यवहारमा उतार्ने अभिप्रायले तालिम प्रदान गरिएको अस्पतालका वरिष्ठ क्यान्सर विशेषज्ञ डाक्टर सुदिप श्रेष्ठले बताउनुभयो ।
नेपाल क्यान्सर हस्पिटल र अमेरिकाको इन्ड अफ लाइफ एजुकेशन कन्सर्टियम (इल्नेक) को संयुक्त आयोजनामा सो प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालजस्तो विकासोन्मुख देशमा क्यान्सरबाट बच्न तथा बचाउन र प्रारम्भिक अवस्थामा नै रोगको पहिचान गर्न छलफल केन्द्रित भएको छ । ग्लोबोक्यान २०१२ को तथ्याङ्ग अनुसार, प्रत्येक बर्ष विश्वभर १ करोड ४१ लाख मानिसलाई क्यान्सर हुने गरेको छ । विकासोन्सोमुख देशहरुमा बर्षेनी ८० लाख क्यान्सरका नयाँ बिरामी फेला पर्छन् भने ५३ लाखले ज्यान गुमाइरहेका छन् । विश्व स्वास्थ्य संघ २०१४ को तथ्याङ्ग अनुसार, नेपालमा बर्षेनी १४ हजार ३ सय जना मानिस क्यान्सरका कारण ज्यान गुमाइरहेका छन् । यसैगरी मुलुकमा १० हजार ६ सय ३४ जनामा नयाँ क्यान्सर फेला पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्