Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिकित्सकको आन्दोलनप्रति प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण



अस्पतालहरुमा उपचारको सिलसिलामा बिरामीको मृत्यु हुँदा सम्बन्धित चिकित्सकलाई कारबाही गर्ने गरी सरकारले कानुन निर्माण गर्न लागेको भनी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारलाई लिएर चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको ध्यानाकर्षण भएको छ । कार्यालयका प्रवक्त एवं सहसचिव हरिप्रसाद पन्थीद्धारा हस्ताक्षरित विज्ञप्तीमा नेपाल सरकारको निर्णयबारे जानकारी गराइएको छ । विज्ञप्तीमा सरकारले गरेको आधिकारिक निर्णय उल्लेख गर्दै भनिएको छ——‘चिकित्सकको चरम लापरबाही (ग्रस नेग्लिजेन्स) का कारणले बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, पेशागत वा व्यवसायिक बीमा (प्रोफेसनल लायबलिटी इन्स्योरेन्स) र क्षतिपूर्ति लगायतका आवश्यक विषयहरुलाई व्यवस्थित गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने ।’

प्रतिक्रिया दिनुहोस्