Logo
|
Saturday 20th April 2024
Logo

epaper

चाइनिज राजदूत र स्वास्थ्यमन्त्रीबीच शिष्टाचार भेट



नेपालका लागी चिनका राजदुत उ होङले स्वास्थ्यमन्त्री गिरिराजमणी पोखरेलसंग शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका मन्त्री पोखरेलसँगको भेटमा राजदुत होङले नेपाल सरकारले प्राथामिकतामा राखेको बिषयलाई सहयोग गर्ने बताउनुभयो ।
छिमेकी मित्रराष्ट्रको नाताले नेपालसंग समुधुर सम्बन्ध रहेको बताउँदैं राजदुत होङले आयुर्वेद चिकित्सा सेवालाई सहयोग गर्न चिन सरकार तयार रहेको बताउनुभयो । आयुर्वेद चिकित्सा सेवा, अनुसन्धान र जडिबुडी उत्पादनको क्षेत्रमा चिन सरकारले सहयोग गर्ने राजदुत होङले प्रतिवद्वता व्यक्त गर्नुभयो । नेपाल सरकारका तर्फबाट ल्याएका योजनालाई सधैं सहयोग गर्न तत्पर रहेको होङले बताउनुभयो ।
भेटमा स्वास्थ्य मन्त्री पोखरेलले देशभर प्रदेश स्तरमा आयुर्वेद सेवाको विस्तार गर्ने तयारी गरिएको बताउनुभयो । दुईदेश बिचको सम्बन्ध मतबुद रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले चिन सरकारको सहयोग गर्ने प्रतिबद्वतालाई धन्यवाद दिदैं निरन्तर सहयोग र सहकार्य अपेक्षा राखेको बताउनुभयो । मन्त्री पोखरेलले भक्तपुरको दधिकोटमा बिर अस्पतालको बिस्तारको लागी सहयोग गर्न आग्रह गर्नुभयो । यस्तैं कम्युनिष्ट आन्दोलनका नेता नरबहादुर कर्माचार्यका नाउँमा क्यान्सर हस्पिटल खोल्नको सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्