Logo
|
Friday 19th April 2024
Logo

epaper

मुटु र मुटुसम्बन्धि समस्या



मुटु भनेको शरीरको केन्द्र हो । यो कम्प्युटरको हार्ड डिस्क जस्तै हुन्छ । शरीरका हरेक भाग चलायमान राख्न मुटुले काम गर्छ । मुटुको आधारभूत काम रगत शरीरभर पुरयाउने हो । शरीरको हरेक कोषमा रगत मार्फत अक्सिजन पुग्छ । अक्सिजनले मात्र शरीरका हरेक कोष जिवित रहन्छन् । मुटु एक किसिमको सेन्ट्रल पम्प मात्र हो । यदि यो सेन्ट्रल पम्प फेलिएर भएमा शरीरको सबै भाग फेल हुन्छ ।

रिउम्याटिक भाल्भुलर हार्ट डिजीज
रिउम्याटिक हार्ट डिजीज (बाथ मुटुरोग) अन्तर्गत सबैभन्दा खतरा भाल्भुलर हार्ट डिजीज हो । यो स्टेप्टोकोकस ब्याक्टेरियाका कारण हुने ज्वरोले हुन्छ । यो ब्याक्टिेरियाले पहिला घाँटीमा संक्रमण गर्छ । त्यसपछि शरीरभित्र अनेक किसिमको प्रतिक्रिया भएर जोर्नी र मुटुको भल्भहरुमा खराब गर्ने एन्टिजेन र एन्टिबडिज बन्छ । त्यही एन्टिजेन र एन्टिबडीजको प्रतिक्रिया भएर मुटुको भल्भहरुमा समस्या आउँछ । मुटुको भल्भहरुलाई ड्यामेज पारेमा त्यसलाई भल्भुलर हार्ट डिजीज भनिन्छ । यो रिउम्याटिक ज्वरोले भएकाले यसलाई ¥युम्याटिक भाल्भुलर हार्ट डिजीज भनिएको हो ।
एन्टिजेन र एन्टिबडीजले मुटुको भल्भलाई नोक्सान गरिदिन्छ । कहिलेकाँही भाल्भलाई साँघुरो बनाइदिन्छ । कहिलेकाँही खियाएर अलि ठूलो बनाइदिन्छ । भल्भ भनेको ढोका जस्तै हो । रगत मुटुको एकतिरको कोठाबाट मात्रै बग्छ । माथिको कोठाबाट रगत तलको कोठामा आउँछ तर तलको कोठाबाट माथी जाँदैन । भल्भ बिग्रिएपछि सामान्य हुनुपर्ने रगतको प्रवाह चक्र गडवड हुन्छ । त्यसपछि रगत तलको कोठाबाट माथितिर जाने बाँयाबाट दाँया जाने लगायतका असामान्य प्रक्रिया हुन्छ । रक्तचापमा परिवर्तन आउनेलगायतका समस्याहरु देखा पर्न थाल्छन् ।
अवस्था अनुसार यसको उपचार गर्नुपर्छ । भल्भलाई धेरै क्षति नपु¥याएको र थोरै मात्र भल्भलाई छिद्र बनाएको अवस्थामा औषधिले काम गर्नसक्छ । धेरै बिग्रिएर मुटुलाई खराब पार्न थालेको अवस्थामा शल्यक्रिया गरेर भल्भ फेर्नुपर्छ । ठिकै अवस्था रहेमा हेर्दै जानुपर्छ ।

हाइपरटेन्सिभ हार्ट डिजीज
उच्च रक्तचापले मुटु र मुटुबाट निस्कने नसाहरुमा पार्ने असरलाई हाइपरटेन्सिभ हार्ट डिजीज भनिन्छ । यसलाई हाइपरटेन्सिभ कार्डियोभास्कुलर चेञ्जेज पनि भनिन्छ किनभने कार्डियोभास्कुलर अन्तर्गत मुटु र मुटुबाहिरका नसाहरुको सन्दर्भ पनि जोडिएको हुन्छ ।
हाइपरटेन्सन (उच्चरक्तचाप) ले मुटुमा एथेरेस्केलेरोसिस गर्छ । एथेरेस्केलेरोसिस भनेको मुटुमा रगत लैजाने नसालाई ड्यामेज गर्ने समस्या हो । धेरै हाइपरटेन्सन (उच्चरक्तचाप) भएको अवस्थामा मुटुबाट निस्कने नसाहरु फुल्छन् । त्यसलाई एन्युरिजम भनिन्छ । मिर्गौलालाई धेरै असर गरेर मिर्गौलाका नरम नसाहरुलाई सुकादिने समस्यालाई रेनल भास्कुलर समस्या भनिन्छ । मस्तिष्कका नरम नसाहरुलाई क्षति पु¥याएर मस्तिष्कमा समस्या ल्याउनसक्छ । मस्तिष्कमा जाने नसाहरु खुट्टा, हातमा जाने नसाहरुमा पनि हाई प्रेसर सिस्टममा चलेर नसालाई ड्यामेज गरेर विस्तारै खराब गर्ने समस्यालाई पेरिफेरल भास्कुलर डिजीज भनिन्छ । यसको समाधान भनेको उच्च रक्तचाप नियन्त्रण गर्नु हो ।
इस्किमिक हार्ट डिजीज
मुटुमा पर्याप्त रगत नपुग्ने समस्या इस्किमिक हार्ट डिजिज हो । विभिन्न कारणले कोरोनरी आर्टरी साँघुरिने, यसमा कोलेस्ट्रोल जम्मा हुने, आर्टरी च्यातिएर समस्या भएमा मुटुमा पर्याप्त रगत पुग्दैन । यस्तो अवस्थालाई इस्किमिक हार्ट डिजीज भनिन्छ ।
मुटु चलेर मस्तिष्क एवं शरीरका हरेक कोषमा रगत मार्फत अक्सिजन र पोषणतत्व पुग्छ । मुटु चलाउन आवश्यक पर्ने पोषकतत्व कोरोनरी आर्टरीले पु¥याउँछ । मुटुमा रगत पु¥याउने नसालाई कोरोनरी आर्टरी भनिन्छ । ती नसामा रोग लागेमा कोरोनरी आर्टरी डिजीज भनिन्छ । कोरोनरी आर्टरी डिजीज भएमा एन्जाइना हुन्छ । चलिरहेको मुटुले पर्याप्त पोषक तत्व नपाएपछि छाती दुख्नथाल्छ । यसलाई एन्जाइना भनिन्छ । हिड्दा छाति धेरै भारी भएर आउने वा बसिरहेको बेलामा छाती भारी भएमा नसामा समस्या, रगत राम्रोसँग नपुगेको, पोषण नपाएर मुटुको मांसपेशी मर्न लागेको अवस्था भएर छाती दुख्ने समस्या देखिन्छ ।
हृदयघात
मुटुमा रगत नपुगेर मुटुको नसा मरेमा त्यसलाई हृदयघात भनिन्छ । पोषण नपाएर मुटु छटपटाउने सम्मको अवस्था एन्जाइना हो । पोषण पाएमा छटपटाउन बन्द हुन्छ । पोषण नपाएर मुटुको मांसपेशी मरेमा त्यसलाई हृदयघात भनिन्छ । मुटुको कति भाग म¥यो भन्ने कुरा हेरेर मात्र पहिचान गर्न सकिन्छ । कोरोनरी आर्टरी राम्रो भएमा समस्या आउँदैन । कोरोनरी आर्टरीमा समस्या भएमा मुटुमा पनि समस्या आउँछ ।
सेरेब्रोभास्कुलर डिजीज
मस्तिष्कमा जाने रगतका आर्टरी (नसा) फूटेर मस्तिष्कमा हुने समस्यालाई सेरेब्रोभास्कुलर डिजीज भनिन्छ । सेरिबेलम भनेको मस्तिष्क हो । मुटुमा जाने नसालाई कोरोनरी आर्टरी भने जस्तो मस्तिष्कमा जाने रगतका नशालाई सेरिबेलम आर्टरी भनिन्छ । सेरिबेलम आर्टरीमा कुनै समस्या आएमा सेरेब्रो भास्कुलर डिजीज हुन्छ । त्यसैले ब्रेनमा जाने रगतको नसा सेरिवेलम आर्टरी फुटेमा स्ट्रोक हुन्छ । मस्तिष्कको नसा बन्द भएमा मस्तिष्कघात हुन्छ ।
एक घण्टा भन्दा कम स्ट्रोक भएमा त्यसलाई ट्रान्जाइन्ट इस्किमिक एटेक्ट भनिन्छ । कसैलाई प्यारालाइसिस भएर एक घण्टामा ठीक भएमा त्यो ट्रान्जाइन्ट इस्किमिक एटेक्ट हो । यस किसिमको समस्या भइरहेमा त्यसलाई पर्मानेन्ट इस्किमिक एटेक्ट भनिन्छ ।
इन्फेक्सियस हार्ट डिजीज
मुटुको भल्भलगायतका विभिन्न भागमा इन्फेक्सन भई त्यसले मुटुमा पार्ने समस्यालाई इन्फेक्सियन हार्ट डिजीज भनिन्छ ।
मुटुको मासंपेशी कमजोर भएमा त्यसलाई कार्डियोमायोप्याथी भनिन्छ । मुटुको मासंपेशी बलियो भई जुन शक्तिले मुटु चल्नुपर्ने हो त्यो चलेन भने त्यसलाई कार्डियोमायोप्याथी भनिन्छ । मुटुको पावर ६०–७० प्रतिशत हुन्छ । तर यो घटेर २०–३० प्रतिशत भएमा यो कार्डियोमायोप्याथी हो ।
हात खुट्टामा जाने रगतको नसामा रोग लागेमा त्यसलाई पेरिफेरल भास्कुलर डिजीज भनिन्छ । भास्कुलर भनेको नसा हो पेरीफेरी भनेको हातखुट्टा हो । यसरी हात खुट्टामा जाने रगतको नसा बन्द भएमा हिँड्दा अफ्ठ्यारो हुने, हात चलाउन अफ्ठ्यारो, हात खुट्टा कालो भएर कुहिने जस्ता विभिन्न समस्या देखिन सक्छन् ।
कन्जिनेटल हार्ट डिजीज
कतिपय बच्चाहरु जन्मजात मुटुमा प्वाल पर्ने, मुटुका नसाहरु उल्टोपाल्टो हुने जस्ता समस्या लिएर आएका हुन्छन् । यो जन्मजात हुन्छ । यसरी ठिकसँग मुटु नबनेको अवस्थालाई कन्जिनेटल हार्ट डिजीज भनिन्छ । यसमा मुटु प्वाल परेको, असामान्य भल्भ, असामान्य मुटुका कोठाहरु आदि समस्या हुने गर्छ ।
हार्ट फेलियर
आफ्नो सामान्य गतिमा मुटु नचलेर रगतको चाप धान्न नसक्ने अवस्थालाई हार्ट फेलियर भनिन्छ । मुटु ६०–७० प्रतिशत गतिमा चलेको हुन्छ । यसको गति २०–३० प्रतिशतमा झरेमा हार्ट फेलियरको अवस्था आउँछ । यसरी मुटुको गति कम हुँदा मुटु चलेपनि यसले शरीरका हरेक कोषलाई आवश्यक पर्ने पोषक र अक्सिजन पु¥याउन सक्दैन । यसले सास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छ ।
मुटुको चाल गडबडी (एरेदमिया)
मुटुको ढुकढुकी गडबड हुने रोगलाई एरेदमिया भनिन्छ । हरेक मानिसको ढुकढुकी प्रति मिनेट ६०–१०० पटक सम्म चलिरहेको हुन्छ । कहिलेकाहीँ ढुकढुक बिग्रन्छ । एकनासले चल्दैन । कहिलेकाँही मुटु एकदम छिटो ढुकढुक हुन्छ भने कहिलेकाँही एकदम ढिलो हुन्छ । यी दुवै अवस्था एरेदमिया अर्थात मुटुको चाल गडबडीसम्बन्धि समस्या हुन् ।
किन हुन्छ ?
मुटुमा स—साना करेन्ट पु¥याउने एउटा सिस्टम हुन्छ । त्यो सिस्टमबाट मुटुको सबैतिर करेन्ट पास भइरहेको हुन्छ । यसरी करेन्ट जाने बाटो बन्द भएमा वा बाटोमा सर्ट सर्किट भएर अर्को बाटो लिएर मुटुका विभिन्न ठाउँमा स—साना करेन्ट बन्न थालेमा एरेदमिया (मुटुको चालमा गडबडी) हुन्छ ।

लक्षण
कहिले मुटु धेरै छिटो ढुकढुक हुन्छ भने कहिले धेरै ढिलो ढुकढुक हुन्छ । मुटु ढिलो ढुकढुकी हुँदा मानिस बेहोस पनि हुनसक्छ । सास फेर्न गाह«ो हुन्छ ।

उपचार
बिरामीको अवस्था हेरर उपचार गर्नुपर्छ । छिटो ढुकढुक भएमा नियन्त्रण गर्नुपर्छ । ढिलो ढुकढुक भएमा पेशमेकर राख्नुपर्ने अवस्था आउनसक्छ । यो सम्बन्धित विशेषज्ञले गर्छन् ।
कार्डियाक अरेस्ट
मुटुको गति रोकिनुलाई कार्डियाक एरेस्ट भनिन्छ । हृदयघात, मुटुमा बिजुलीको करेन्ट नआएरलगायत विभिन्न कारण मुटुको गति रोकिनसक्छ । मुटुले काम गर्न छाडेर मुटु रोकिनु कार्डियाक अरेस्ट हो । कार्डिक एरेस्ट भएको ३ मिनेटमा मानिसको मृत्यु हुन्छ । कुनैपनि मानिस मर्नुअघि कार्डियाक एरेस्ट हुन्छ । कार्डियाक एरेस्ट बिना मृत घोषणा गर्न सकिदैन । कार्डियाक एरेस्टमा तत्काल उपचार पाएमा मानिस बाँच्न पनि सक्छ । तर प्रायः अधिकांशको मृत्यु हुन्छ । मुटुमा रगत आपूर्ति गर्ने ठूलो नसा फुटेमा मानिसको तत्काल मृत्यु हुन्छ । सानो नसा फुटेमा धेरै हदसम्म बचाउन सकिन्छ भन्ने सिद्धान्त हो । तर कहिलेकाँही सानो नसाले पनि समस्या ल्याउन सक्छ ।

इन्टरभेन्सनल पद्धतिबाट कसरी बिरामी बचाउन सकिन्छ ?
– ९९ प्रतिशत मुटु ब्लक भएको अवस्थामा तार वा बेलुन राखेर त्यसलाई खोलेर बिरामी बचाउन सकिन्छ । यसलाई हृदयघात र हृदयघात हुन लागेको अवस्था मानिन्छ ।
– मुटुलाई झट्का दिने तार चुडिएर वा बिग्रिएर मुटुको गति ढिलो भएमा पेसमेकर राखेर सामान्य गतिमा ल्याउन सकिन्छ ।
-मुटुमा प्वाल हुँदा इन्टरभेन्सनल प्रविधिबाट जाली प्रयोग गरेर विना शल्यक्रिया प्वाल टाल्न सकिन्छ ।
– वाथ मुटु रोग भएर भल्भ साँघुरिएको अवस्थामा वेलुनले खोलिन्छ ।
यसरी बिना शल्यक्रिया पाइप, जाली, बेलुन, स्प्रिङबाट नसा खोल्ने र अनावश्यक नसा बन्द गर्ने, भल्वको प्वाल टाल्ने आदि काम इन्टरभेन्सनल पद्धतिबाट भइरहेको छ । यो पद्धतिबाट बिरामीले सहज रुपमा उपचार सेवा प्राप्त गर्छन् । यस पद्धति प्रयोग गर्दा बिरामी हस्पिटलमा बस्नुपर्दैन । यसमा करिब ९८—९९ प्रतिशत सफल छ ।

प्रतिक्रिया दिनुहोस्