Logo
|
Thursday 28th March 2024
Logo

epaper

‘गुट्खामुक्त अभियान’



फेसबुकबाट गठित चितवनको ‘वे ग्रुप’ नामक युवाको एक समूहले ‘गुट्खामुक्त अभियान’ शुरु गरेको छ ।

गुट्खामुक्त जिल्ला घोषणाका लागि दबाब दिन सो अभियान थालिएको वे ग्रुपका अभियान्ता भोजनारायण कँडेलले जानकारी दिनुभयो । विगतमा ७५ हप्तासम्म चलाइएको सरसफाई अभियानअन्तर्गत फोहरको सबैभन्दा ठूलो स्रोत गुट्खा देखिएको र यसबाट स्वास्थ्यमा समेत नाकारात्मक असरपर्ने भएकाले यो अभियान सञ्चालन गरिएकोे कँडेलले बताउनुभयो ।

जिल्लामा यस विरुद्ध हस्ताक्षर चलाइएको र अभियानमा सहयोग गर्न सबैमा अपिलसमेत गरिएको छ, उहाँले भन्नुभयो –विगत १६ महिनादेखि सरसफाइ अभियान शुरु गरेको समूहले हरेक सोमबार विभिन्न स्थानमा पुगेर सरसफाइ गर्दैआएको छ ।

‘हप्तामा एक दिन एकछिन समाजका लागि’ भन्ने नारासहित उनीहरुले अभियान चलाएका हुन् । सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिक अत्याधिक देखिएकाले यो अभियान आवश्यक परेको अर्का अभियान्ता नारायण सापकोटा बताउनुहुन्छ । मानव स्वास्थ्यका लागि समेत असर पर्ने भएकाले गुट्खा प्रयोग रोक्नुपर्ने उहाँको तर्क छ । प्लास्टिकजन्य फोहरका कारण शहरबजार दुर्गन्धित हुने गरेकाले प्लास्टिकजन्य बस्तुको नियन्त्रण आवश्यक भएको उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले व्यवसायीले नाफामुखी भन्दा पनि समाजप्रतिको दायित्वसमेत निर्वाह गर्नुपर्नेमा जोड दिदैं अभियानलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । यो अभियान मानव स्वास्थ्यकै लागि महत्वपूर्ण भएको अभियान्ता भोजनारायण कँडेलले बताउनुभयो । फेसबुकबाट गठन भएको युवाहरुको वे ग्रेपले सञ्चालन गरेको सरसफाइ अभियान अहिले प्रभावकारी हुँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्