Logo
|
Thursday 28th March 2024
Logo

epaper

सन्दर्भ विश्व दृष्टि दिवस—यी हुन् अन्धोपनका कारण



‘स्वास्थ्य सबैका लागि, दृष्टिको महत्व बुझौ’ भन्ने नाराकासाथ यस वर्ष विश्व विश्व दृष्टि दिवस मनाइँदै छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबार उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउन विश्व दृष्टि दिवस मनाइने गरिन्छ । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रोहित सैंजुले विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा भिजन २०२० कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिवारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको जानकारी दिनुभयो ।


नेपाल सरकारले पनि आफू उक्त संगठनको एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा भिजन २०२० कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना लागु गरेको छ । डा. सैजुका अनुसार, यस दिवसमा विश्वभरिका विभिन्न संघसंस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्ने गर्दछन् । विगत तीन दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैरसरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रुपमा अग्रपंक्तिमा रहेको छ ।
उहाँले प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन जिल्लामा आँखा स्वास्थ्य सेवा कार्यक्रमसँग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु विश्व दृष्टि दिवसको पहिलो प्राथमिकता हो ।
तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम निर्देशक नविन राइले विश्व दृष्टि दिवसका दिन प्रतिष्ठानले काठमाडौ, प्रतिष्ठानका १५ वटा जिल्ला सामुदायिक आखा केन्द्रमा १८ वर्ष मुनिका वालवालिका र ६० वर्ष मथिका विरामीको लागि आँखा परिक्षण, आँखा उपचार सम्वन्धि जनचेतना लगायतका कार्यक्रमहरु गरिएको जानकारी दिनुभयो ।

नेपालमा अन्धोपना सम्बन्धि केहि तथ्य
—नेपालमा अनुमानित १ लाख मानिसहरु दृष्टि विहीन छन् (३ मिटरको दुरीबाट औंला गन्न नसकिने अवस्था)।
—नेपालमा अनुमानित ५० वर्ष र माथिका जनसंख्यामा २.५ प्रतिशत दृष्टिविहिन छन् ।
—नेपालमा अन्धोपनाको ६६% अन्धोपन उपचार गर्न सकिने खालका छन् ।
—नेपालको कुल जनसंख्यको ०.३५% मानिसहरुमा अन्धोपन छ ।

अन्धोपनाका मूख्य कारण
—मोतिविन्दु र यस सम्बन्धित – ६५ %
—आँखाको पर्दा जन्य रोगहरु– ९ %
—जलविन्दु– ५%
—आँखाको नानीमा हुने अन्धोपना– ६ %
—दृष्टिदोष– ४ %
श्रोतः इपिडिमियोलोजी अफ ब्लाइण्डनेस इन नेपाल २०१२

प्रतिक्रिया दिनुहोस्