Logo
|
Friday 19th April 2024
Logo

epaper

नेशनल बाथरोग सेन्टरको अभियानः ‘बाथरोग उपचारमा ढिलो नगरौं’(फोटो फिचरसहित)



‘डन्ट डिले, कनेन्ट टुडे’ भन्ने मुल नाराका साथ नेपालमा पनि विश्व बाथरोग दिवस मनाइएको छ । नेपालमा नेशनल बाथरोग सेन्टरको अगुवाइमा सन् २०१२ देखि मनाउन थालिएको हो ।

हरेक वर्ष विश्वभरी नै बाह« अक्टोवरका दिन विश्व बाथरोग दिवस मनाउने गरिन्छ ।
विश्व बाथ रोग दिवसको अवसरमा नेशनल बाथरोग सेन्टरले बाथरोग जागरुकताका लागि विविध कार्यक्रमको आयोजना ग¥यो । नेशनल बाथरोग सेन्टर, नेपाल रुमाटोलोजी एसोशिएसन र लायन्स क्लबको संयुक्त आयोजनामा काठमाडौंको सुन्धारा र ललितपुरको जावलाखेलमा वृहत बाथरोग प्रदर्शनी गरिएको छ ।

बाथरोग उपचार, अनुसन्धान एवम जनचेतना अभिबृद्धिमा काम गर्दै आएको नेशनल बाथ रोग सेन्टरले बिगत ५ बर्ष देखि यो दिवस मनाउँदै आएको सेन्टरका प्रबन्ध निर्देशक रोशक कक्षपतिले बताउनुभयो ।
नेपालमा कति बाथरोगी छन् भन्ने एकिन तथ्यांक त छैन । तर अमेरिकन कलेज अफ रुमाटोलोजीका अनुसार, नेपालमा झण्डै ४० लाखको हाराहारीमा बाथरोगी रहेको अनुमान गरिएको छ ।
विश्व बाथरोग दिवसको अवसर पारेर सेन्टरले असोज २६ गते देखि ३० गतेसम्म निःशुल्क बाथरोग शिविर आयोजना गरेको छ ।
विश्व बाथरोगको अवसर पारेर आजदेखि सेन्टरले न्यून आए भएका बिरामीहरुकालागि हरेक दिनको २ बजेदेखि ४ बजेसम्म सामूदायिक क्लिनिक सञ्चालनमा ल्याएको छ । यो सामुदायिक क्लिनिकमा दर्ता शुल्क जम्मा पचास रुपैयाँ मात्र लिइने सेन्टरका प्रबन्ध निर्देशक कक्षपतिले जानकारी दिनुभयो । साथै नेपालमा हड्डी खिइने समस्या बढ्दै गएको अवस्थालाई मध्य नजर गर्दै हरेक दिन ४ बजेपछि ओस्टियोपोरोसिस ब्लिनिक पनि शुरु गरिएको उहाँले जानकारी गराउनुभयो । कार्यक्रममा डाक्टर लक्की शर्माले अस्टियोआर्थराइटिसप्रतिप्रति सचेत हुन आग्रह गर्नुभयो । कार्यक्रममा डाक्टर दिपेश शाक्यले आष्टियोआर्थराइटिस, युरिक एसिड र अटोइम्युन डिजिजबारे चर्चा गनुृभयो ।

बाथरोग एक अटोइम्यून रोग हो । हातका औंलाहरु दुख्नु, बिहान उठ्ने बेलामा हात खुट्टा अररो हुनु, गोलीगाँठो दुख्नु, पिडौंला दुख्नु वा करकर खानु, मांसपेशी कमजोर हुनु, चिसोमा काम गर्दा हात खुटा निलो हुनु, राती तथा बिहान ढाड दुख्नु बाथरोगका लक्षणहरु हुन । समयमै उपचार गरे बाथरोग नियन्त्रण हुने चिकित्सकहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्