Logo
|
Saturday 20th April 2024
Logo

epaper

स्वास्थ्य संस्थाहरु स्थानीय तहमा



दाङ/ जिल्लाका स्वास्थ्य संस्थालाई स्थानीय तहको अधिनमा रहने गरी सुम्पिएको छ ।

सोमबार घोराहीमा आयोजित कार्यक्रममा जिल्लाका ३६ स्वास्थ्य चौकी र दुई वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्थानीय तहको जिम्मा लगाइएको हो ।

“ती स्वास्थ्य संस्थाका चल र अचल सम्पत्ति पनि अब स्थानीय तहको मातहतमा हुनेछ । स्वास्थ्य संस्थाको चल र अचल सम्पत्ति अब स्थानीय तह मातहतलाई जिम्मा लगाएका छौँ”, जनस्वास्थ्य कार्यालयका शाखा अधिकृत मीनराज पाण्डेले भन्नुभयो ।

ती संस्थामा कार्यरत कर्मचारी यसअघि नै स्थानीय तहमा गइसकेका थिए । प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले पनि स्थानीय तहलाई सक्षम बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका भएको बताउनुभयो ।

यसैबीच जनप्रतिनिधिलाई पोषणका बारेमा जानकारीसमेत दिएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृतको सहभागिता थियो ।  रासस

प्रतिक्रिया दिनुहोस्