Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालमा पहिलो राष्ट्रिय दृष्टि पर्दा गोष्टी, भिट्रियो रेटिनाको समस्याले ४० प्रतिशत अन्धोपना (फोटो फिचरसहित)



नेपालमा पहिलो राष्ट्रिय दृष्टि पर्दा गोष्टी सम्पन्न भएको छ । काठमाडौंको रेडिसन होटलमा भएको सो गोष्टीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका रेटिना सम्बन्धि विशेषज्ञ, नेत्र विशेषज्ञ, आँखा सम्बन्धि सरकारी तथा गैरसरकारी आँखासम्बन्धि चिकित्सक गरी करिब २ सय जनाको सहभागिता रहेको थियो ।
भिट्रियो रेडिया सोसाइटीको आयोजनामा भएको सो गोष्टीमा भारत, बंगलादेश, सिंगापुर र अमेरिका गरी १५ जना विदेशी आँखा चिकित्सकहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा अमेरिकाका डाक्टरले उनीहरुको अनुभवको लाइभ भिडियो कन्फरेसन्स भएको थियो । सो अवसरमा अमेरिकन चिकित्सकहरुले भिट्रियो रेटिनासम्बन्धि लाइझ शल्यक्रिया गरेर देखाएका थिए ।
दुई दिनसम्म भएको गोष्टीको साइन्टिफिक सत्रमा मधुमेहले आँखामा पर्ने असर डायबेटिक रेटिनोप्याथी, नेपालको सन्दर्भमा भिटियो रेटिनाको उपचारको पहुँच र उपचार सेवाबारे आआफ्नो अनुभवहरु प्रस्तुत गरेका थिए यसका साथै आँखामा हुने ट्युमर र मोतिविन्दु शल्यक्रिया गर्दा हुने संक्रमणबारे कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।
भिट्रियो रेटिनाको उपचार सेवा नेपालभर छैन । दक्ष जनशक्ति र सेवाको दायरा बढाएमा यो सेवालाई अझ धेरै व्यक्तिलाई उपलब्ध गराउन सकिने सोसाइटीकी अध्यक्ष डाक्टर एली प्रधानले बताउनुभयो ।
भिटियो रेटिना भनेको आँखाको भित्री भाग दृष्टि पर्दा हो । दृष्टि पर्दामा प्रकाश परेपछि मात्र हामीले आँखाले देख्न सक्छौं । रेटिना राम्रो नभएमा आँखा देख्न सकिदैन । मुलुकमा अहिले भिट्रियो रेटिनासम्बन्धि शल्यचिकित्सक र विशेषज्ञ गरी ३२ जना चिकित्सक छन् । भिट्रियो रेटिना सेवाका लागि महँगो औजार, दक्ष जनशक्तिको आवश्यकता पर्ने भिट्रियो रेटिना शल्यचिकित्सक डाक्टर सन्यम बजिमयले बताउनुभयो ।
भिट्रियो रेटिनाको समस्याका कारण नेपालमा ४० प्रतिशत अन्धोपना भएको नेपाल नेत्रज्योति संघले २०१२ मा गरेको सर्भेले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्