Logo
|
Thursday 28th March 2024
Logo

epaper

चिकित्सा शिक्षा अध्यादेश पारित, प्रमाणिकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस



सरकाले चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले सो अध्यादेश पारित गरेको हो । परिषद्ले राष्ट्रपति समक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको छ । उक्त अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो कानुनको रुपमा आउनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा, पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, सरकारी वार्ता टोली र डा. गोबिन्द केसीका तर्फबाट प्रतिनिधि बनेका ओमप्रकाश अर्याल, डा. अभिषेक सिंहको समितिले तयार पारेको अध्यादेशको मस्यौदालाई मन्त्री परिषद्ले पारित गरेको हो ।

माथेमा कार्यदलको सुझावको आधारमा चिकित्सा विधेयक संसदबाट पास हुनुपर्ने लगायतका माग राख्दै डा. केसी १३ औं अनसन बसेका थिए ।व्यवस्थापिका संसदको कार्यकाल सकिएकाले बिधेयक संसदबाट पारित हुन सकेको थिएन । आज बस्ने मन्त्रीपरिद्को बैठकले आध्यादेशबाट े बिधेयक ल्याउने सम्झौता भएपछि डा. केसीले गत बुधबार १३ औं अनशन तोडेका थिए ।

राष्ट्रपतिबाट अध्यादेश प्रमाणिकरण भएमा माथेमा कार्यदलले दिएको सुझावकै आधारमा उपत्यकामा १० वर्षसम्म मेडिकल खोल्न नपाउने, एउटा विश्वविद्यालयले ५ वटा भन्दा बढि मेडिकल कलेजलाई सम्बन्धन दिन नपाउने, सार्वजनिक मेडिकल कलेजले ७५ प्रतिशत छात्रावृत्ति दिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्