Logo
|
Friday 19th April 2024
Logo

epaper

अन्तर्राष्ट्रिय पोलियो दिवस, पोलियो खोपलाई निरन्तरता दिनुपर्ने विज्ञहरुको जोड (फोटो फिचरसहित)



पाँचौं अन्तर्राष्ट्रिय पोलियो दिवसका अवसरमा विभिन्न ठाउँमा पोलियो खोपसम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु गरिएको छ । हरेक वर्ष २४ अक्टोबरमा विश्वभर अन्तर्राष्ट्रिय पोलियो दिवस मनाउने गरिएको छ ।

यस बर्ष ‘नियमित खोप अभियान, २ थोपा पोलियो खुवाई पोलियो खोपलाई फर्किन नदिऊँ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइएको छ । नेपाल नेशनल पोलियो प्लस कमिटी, विश्व स्वास्थ्य संगठन, युनिसेफ, नेपाल रेडक्रस सोसाइटीको आयोेजनामा आज ललितपुरमा जनचेतनामुलक प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको छ ।

काठमाडौंको थापाथलीबाट निस्किएको प्रभातफेरि युएनपार्क, पाटन हुँदै जावलाखेलमा पुगेर समापन भएको थियो । समापनपछि आयोजना गरिएको विश्व पोलियो दिवस तथा नियमित खोप कार्यक्रमसम्बन्धि पोलियो अन्तरक्रियाका वक्ताहरुले मुलुकमा पोलियो अन्त्य भएको घोषणा भएपनि नियमित पोलियो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

सो अवसरमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का गर्भनर एवं नेपाल नेशनल पोलियो प्लस कमिटीका अध्यक्ष रत्नमान शाक्यले अन्य देशहरुबाट पनि मुलुकमा पोलियो भित्रिन सक्ने सम्भावना भएकाले नियमित पोलियो खोप अभियानलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सेम्टेम्बर २०१० देखि अहिलेसम्म मुलुकमा पोलियोका कुनै पनि बिरामी भेटिएका छैन् । सन् १९८४ मा ८० जना पोलियोका बिरामी भेटिएको थियो । त्यसपछि सन् २००१—२००४ सम्म कुनै पनि पोलियोका बिरामी देखिएन । सन् १९९९ मा पोलिभाइरसको बिरामी भेटिएको थियो । सन् २००० मा भारतबाट पोलियो भाइरस आएको पत्ता लाग्यो । सन् २००५ मा नेपालको सिमा क्षेत्रमा चार जना पोलियोका बिरामी भेटिए । त्यसपछि सन् २००९ सम्म कुनै पनि पोलिएका बिरामी भेटिएनन् । तर सन् २०१० मा ६ वटा पोलियोका बिरामी भेटिए । सन् २०१० को अगष्ट ३० मा रौतहट जिल्लाकी सालिमा अलाम नाम गरेकी एक जना केटीमा अन्तिम पटक पोलियो देखापरेको थियो ।

प्रतिक्रिया दिनुहोस्