Logo
|
Thursday 25th April 2024
Logo

epaper

अन्तर्वार्ता दिँदादिँदै रोइन् सेलेना



 

पच्चीस वर्षीया सेलेनाले सेप्टेम्बर महिनामा इन्स्टाग्राममा फोटो सेयर गर्दै आफ्नो मिर्गौला फेल भएको खबर सार्वजनिक गरेकी थिइन् । संसारभर रहेका सेलेनाका फ्यान यो खबरबाट मर्माहत बनेका थिए । सेलेना त्यति बेला हलिउडबाट केही समय हराएकी थिइन् । उनी हराउनुमा विभिन्न अड्कलबाजी गरिएको थियो । तर, गोप्य रूपमा मिर्गौला प्रत्यारोपण गरिसकेपछि मात्र उनले आफूलाई सार्वजनिक गरेकी थिइन् ।

 

गत मे महिनामा अकस्मात् बिरामी परेपछि अस्पताल जाँदा उनको मिर्गौला फेल भएको पत्ता लागेको थियो । त्यसपछि उनकी मिल्ने साथी २९ वर्षीया फ्रान्सिया मिर्गौला दान गर्न राजी भएकी थिइन् । सेलेना मिर्गौला प्रत्यारोपण गरेको चार महिनापछि स्वस्थ भइन् । मिर्गौला दान गर्ने फ्रान्सियाभन्दा सेलेना चाँडै स्वस्थ भएकी हुन् ।

सेलेना र फ्रान्सियाको सन् २००८ मा एउटा च्यारिटी कार्यक्रममा भेट भएको थियो । त्यसपछि उनीहरू मिल्ने साथी बनेका थिए । सेलेनालाई मिर्गौला दिन पाएकोमा फ्रान्सिया निकै खुसी छिन् ।-अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्