Logo
|
Thursday 25th April 2024
Logo

epaper

सुभेक्षा हस्पिटलमा नयाँ र पुरानो पद्धतिको हाडजोर्नी शल्यक्रियाको प्रदर्शनी



काठमाडौंको सितापाइलास्थित सुभेक्षा इन्टरनेशनल हस्पिटलले नेपालमा अर्थोपेडिक उपचारमा बिरामीहरुलाई प्रदान गरिने सुविधाबारे सम्बन्धित विधाका विदेशी कन्सल्टेन्ट डाक्टरहसँग आधुनिक र परम्परागत उपचार पद्धतिबारे छलफल र परामर्श गरेको छ । अस्पतालले आयोजना गरेको हाडजोर्नीसम्बन्धि अन्तक्र्रिया कार्यक्रममा वल्र्ड फेडरेसन अफ चाइनिज मेडिसिन सोसाइटीअन्तर्गत १६ जना डाक्टरको समुह सहभागी थिए । सो अवसरमा सोसाइटीका प्राध्यपाक डाक्टर वेन जेन मिनले चीनको परम्परागत हाडजोर्नीसम्बन्धि पद्धति र त्यसको अनुसन्धानबारे जानकारी प्रस्तुत गर्नुभएको थियो । सभेक्षा हस्पिटलका अध्यक्ष एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. रुपेश बैद्यले नेपालमा अर्थोपेडिक उपचार पद्दतिको विकास तथा परम्परागत उपचार पद्दति र आधुनिक उपचार पद्दतिको समायोजन गरी हाडजोर्नीका बिरामीहरुको फाईदाको लागि कसरी सेवा दिन सकिन्छ भन्ने बारेमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सुपेश बैद्यले नेपालमा अर्थोपेडिक उपचार पद्दतिको विकास तथा परम्परागत उपचार पद्दति र आधुनिक उपचार पद्दतिको समायोजन गरी हाडजोर्नीका बिरामीहरुको फाईदाको लागि कसरी सेवा दिन सकिन्छ भन्ने बारेमा आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्