Logo
|
Thursday 28th March 2024
Logo

epaper

डेंगु नियन्त्रणबाहिर, परीक्षण गर्न किट अभाव



उद्योग वाणिज्य संघ बर्दिबासका महासचिव भवनाथ खतिवडा डेंगु संक्रमणबाट थला परेका छन् । उनी पाँच दिनसम्म अस्पतालमै बस्नुपर्यो‍‍। अत्यधिक ज्वरो र शरीरका जोर्नी–जोर्नी दुख्ने समस्याले सताएको उनले सुनाए । ‘आठ हजार रुपैयाँजति खर्च भइसक्यो तर केही सुधार आएनु, अस्पतालकै शय्यामा भेटिएका उनले भने, ‘अब काठमाडौं नै जानुपर्ने भयो ।ु उनी सोमबार थप उपचारका लागि काठमाडौं गएका छन्।

डेंगुबाट उनी मात्र होइन, बर्दिबासका चार सय २० जना संक्रमित बनेका छन् । डेंगु नियन्त्रण नहुँदा स्थानीयवासी त्रसित बनेकोे बर्दिबास जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गुञ्जबहादुर खड्काले बताए।
डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान बर्दिबास नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयले संयुक्त रूपमा निरन्तर सञ्चालन गरे पनि डेंगु नियन्त्रणबाहिरै छ । बर्दिबास नगरपालिका क्षेत्रमा डेंगु संक्रमण नियन्त्रणबाहिर गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
डेंगु संक्रमण तीव्र बन्दै गएको जनस्वास्थ्य निरीक्षक गीरेन्द्र झा बताउँछन् । भन्छन्, ‘डेंगु संक्रमणबाट महिलाको तुलनामा पुरुष बढी प्रभावित भएका छन् ।ु कामका लागि पुरुषहरू घरबाहिर जाने र छोटा लुगा लगाउने भएकाले डेंगुबाट बढी प्रभावित भएको उनको भनाइ छ । ‘डेंगुबाट बच्न बाहुला भएको लुगा लगाउनुपर्छ।ु
संक्रमितले बर्दिबास सरकारी अस्पतालमा सर्वसुलभ रूपमा स्वास्थ्य परीक्षण सेवा नपाएको डेंगुबाट पीडित स्थानीय माधव पौड्यालले बताए ।
डेंगु संक्रमण तीव्र बन्दै गएपछि सरोकारवाला निकायसँग स्थानीय आक्रोशित भएका छन् । ‘डेंगु नियन्त्रणबारे कुरा धेरै भयो । काम केही भएको छैन । काम गरेको भए डेंगुको संक्रमण घट्नुपर्ने होु, वडा नम्बर १ का सदस्य नीरज अधिकारीले भने।
जनस्वास्थ्य कार्यालयले भने डेंगु नियन्त्रणका लागि प्रयास जारी राखेको बताएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख डा। राजीव झाले केही ठाउँमा डेंगु संक्रमण निकै धेरै देखिएको उल्लेख गर्दै नियन्त्रणका लागि प्रयासरत रहेको बताए।
बर्दिबासका सरकारी अस्पतालमा तीन दिनदेखि डेंगु परीक्षण गर्ने किट अभाव रहेको जनस्वास्थ्य निरीक्षक सन्तोष ठाकुरले जानकारी दिए । ‘केन्द्रमा किट माग गरे पनि आइसकेको छैनु, उनले भने।
सरकारी अस्पतालमा किट अभाव भएपछि संक्रमितहरू निजी अस्पतालमा स्वास्थ्य परीक्षण गराउन बाध्य भएको बर्दिबासकी महिला अधिकारकर्मी बबिता महतोले बताइन्।
साउनदेखि फैलिएको डेंगुबाट २५ जिल्लाका झन्डै एक हजार एक सय २७ जना प्रभावित बनेको महामारी रोग नियन्त्रण शाखाका भेक्ट्रर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले जानकारी दिए।अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्