चिनी रोगीले कसरी खाना खाने ?
मधुमेहका रोगीले खानपानको साथसाथै शारीरिक व्यायमलाई पनि संगसंगै नियमितता दिनुपर्छ जसले रगतमा चिनीको मात्रा सन्तुलन राख्न सहयोग पुर्याउँछ ।
मधुमेहका रोगीलाई कति आहार चाहिन्छ भन्ने कुरा रोगीको उमेर, शरिरको तौल, कार्य, पेशा, लिङ्ग, वर्ण आदिको आधारमा निर्धारण गरिन्छ ।
कार्बोहाईड्रेट : ५० प्रतिशत २५० ग्राम (१००० क्यालोरी)
प्रोटिन : २० प्रतिशत १०० ग्राम (४०० क्यालोरी)
बोसो : ३० प्रतिशत ६७ ग्राम (६०० क्यालोरी)
मधुमेहका रोगीहरुले खानपान कसरी गर्ने ?
मधुमेहका रोगीहरुले हरेक दिन सन्तुलित मात्रामा ३ पटक खाना र ३ पटक खाजा खानुपर्छ ।
- बिहानको नास्ता (६-७ बजे)
- बिहानको खाना (९-१० बजे)
- दिउँसोको नास्ता (१-२ बजे)
- साँझको नास्ता (५-६ बजे)
- रातिको खाना (८ बजे)
- सुत्ने बेला (१०-११ बजे)
बिहानको खाजा (६-७ बजे)
- १ गिलास दुध वा १ कप चिया/कफी (चिनी नहालेको वा बढीमा सानो चम्चाको १ चम्चा
- कर्नफ्लेक्स वा पोरीज (१ कचौरा) वा गहूँको रोटि (१-२ वटा) वा बिस्कुट (३-४ वटा) वा पाउरोटि (२ पिस)
बिहानको खाना (९-१० बजे)
- गहुँको रोटी (२-३ वटा) वा १ कचौरा भात (नफलेको चामलको) वा ढिँडो (मक/कोदो/फापरको १ कचौरा)
- बाक्लो दाल
- सागसब्जी/तरकारी/भटमास/सिमी
- अचार
- थोरै मात्रामा मासु÷माछा
(यसरी खाँदा अन्नको मात्रा भन्दा दाल र सागसव्जीको मात्रा धेरै हुनुपर्छ ।)
दिउँसोको नास्ता (१-२ बजे)
- चिया/कफी १ कप (कालो उपयुक्त)
- १ दाना फलफूल (सुन्तला/केरा/मेवा/स्यउ/अम्बा वा मौसमअनुसारको फल वा १ गिलास ताजा फलफूलको रस)
- गहुँको रोटी (१ वटा) वा १ मुठ्ठी चिउरा
- साँझको नास्ता (५-६ बजे)
- पातलो मोहि (१ गीलास)
- चाउचाउ (सानो कचौराको १ कचौरा) वा पाउरोटि (१/२ पिस) वा नुनिलो बिस्कुट (३,४ वटा)
रातिको खाना (८ बजे)
- बिहानको खाना जस्तै
सुत्ने बेला (१०-११ बजे)
- गाई भैँसीको दुध आधा कप तर काटेको २ वटा बिस्कुटसंग
मधुमेहका रोगीहरुले खानपानमा ध्यान दिनुपर्ने कुराहरु :
- सबै प्रकारका फलफूल र तरकारी हरेक दिन मात्रा मिलाएर खानुपर्छ ।
- खना पकाउँदा घ्यूको सट्टामा तोरीको तेल अथवा वनस्पति वा जैतुनको तेल राम्रो हुन्छ ।
- दिनमा कम्तिमा ३ लिटर पानी पिउनुपर्छ ।
- माछा हप्तामा २ पटक खानुपर्छ यसरी खाँदा कम तेल राखेर सुप बनाएर खाएको राम्रो ।
- बोसो, छाला र चिल्लो कुराहरु धेरै खानु हुँदैन ।
- नुनको मात्रा पनि कम गनुपर्छ ।
- प्रत्यक्ष चिनी भएका चिजहरु जस्तै चिनी, मिठाई, कोका कोला, पेय पदार्थ , मह खानु हुदैन ।
- खानामा रेसादार खानेकुरा समावेश गर्नुपर्छ ।
- बजारमा पाईने विभिन्न किसिकमका प्याकेटका जुसहरुमा चिनिको मात्रा बढि हुने भएकाले त्यस्ता जुसको सट्टामा ताजा फल किनेर खानु राम्रो हुन्छ ।
- सुर्तिजन्य र खैनिजन्य पदार्थ सेवन गर्नुहुँदैन ।
- मादकपदार्थ सकेसम्म सेवन नगरेकै राम्रो मानिन्छ तर कसैलाई सेवन गर्नुपरेमा दिनभरमा महिलाले बढिमा २ यूनिट (२५-३० एमएल) र पुरुषले बढिमा ४ यूनिट (५०-६० एमएल) खान सकिन्छ ।
चिनी रोग सम्बन्धी भ्रम
हाम्रो जनमानसमा मधुमेहरोग लागेको बिरामीले भात वा आलु खानु हुँदैन भन्ने भ्रम छ जुन सत्य होइन । खासमा भात, जरा भएको तरकारी र अरु अन्नहरुले रगतमा चिनिको मात्रा सन्तुलन राख्छ । त्यसकारण हरेक खाजा वा खाना मात्रा मिलाएर खानुपर्छ ।
चिनीरोग प्यानक्रियाजमा इन्सुलिन कम वनेमा वा बनिसकेको इन्सुलिनले कुनै कारणवस काम नगरेमा हुन्छ । यो रोग भनेको पुख्र्याैली रोग पनि हो । त्यसैले धेरै गुलियो पदार्थ वा भात खानाले चिनी रोग लाग्ने कुरामा सत्यता छैन तर चिनि रोग लागेपछि चिनि भएको खाना र गुलियो पदार्थ थोरै मात्रामा या चिकित्सको सल्लाह अनुसार खानुपर्छ या बन्द गर्नुपर्छ ।-कान्तिपुरबाट