Logo
|
Saturday 20th April 2024
Logo

epaper

विश्व स्वास्थ्य संगठनद्वारा क्षयरोग नियन्त्रण प्रयास कमी भएको भन्दै चिन्ता व्यक्त



विश्वभर क्षयरोगको नियन्त्रण गर्न गरिएका प्रयास अझै अपुग भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले एक प्रतिवेदन सार्वजनिक गर्दै सोमबार गहिरो चासो व्यक्त गरेको छ ।

विश्व स्वास्थ्य संगठनले भनेको छ, “क्षयरोग अझै धेरै देशका लागि ठूलो समस्या (भार) बनेको छ । ”
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर रोगका कारण अकालमा हुने मृत्युमा क्षयरोग नवौँ मुख्य कारण रहेको छ । विश्वभर एचआइभी एड्सका कारणले भन्दा क्षयरोगले धेरै व्यक्तिको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले देखाएको छ ।

सन् २०१६ मा क्षयरोगका कारण एक करोड चार लाख व्यक्ति क्षयरोगका कारण विरामी परेका र यसमध्ये १६ लाख ७० हजार व्यक्तिको निधन भएको विश्व स्वास्थ्य संगठनको विश्वको क्षयरोग समस्याबारे सन् २०१७ मा गरेको अध्ययनले जनाएको छ ।
यसैबीच डब्लुएचओ को क्षयरोग अन्त्यको रणनीति तथा संयुक्त राष्ट्रसंघ द्वीगो विकास लक्ष्य कार्यक्रमले सन् २०३० सम्म क्षयरोगको समस्या अहिलेको तुलनामा ९० प्रतिशतले घट्ने जनाएको छ ।
विश्वभर प्रतिबर्ष दुई देखि तीन प्रतिशतका दरले क्षयरोगको समस्या कम बनेको भएपनि यो नै सन्तोषजनक नतिजा नभएको क्षयरोग अन्त्य रणनीति कार्यक्रमको भनाई छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्