Logo
|
Wednesday 24th April 2024
Logo

epaper

दुर्गममा आयोडिन नुनको अभाव



अझै पनि जिल्लाका दुर्गम गाउँपालिकाका नागरिकले सहज रुपमा आयोडिन नुनको उपभोग गर्न पाएका छैनन् ।

जिल्लाको अपि हिमाल गाउँपालिकाका नागरिकले सहजरुपमा आयोडिन नुनको उपभोग गर्न नपाएका हुन् । यहाँका बासिन्दाले अहिले पनि ढिके नुनको प्रयोग गर्ने गरेका छन् ।

आयोडिन नुन गाउँमा पुगे पनि रु ६० देखि रु ८० प्रतिकिलोका दरले खानुपर्ने बाध्यता रहेको स्थानीयवासी रमेशसिंह कार्कीले बताउनुभयो । स्थानीय लटिनाथ बजार, सेलबिसा बजारबाट आयोडिन नुन खरिद गरेर ल्याउन समस्या भएको उहाँको भनाइ छ । यातायातको सहज पहुँच नहुँदा भरियामार्फत ढुवानी गर्न महँगो भएको हो । हाल मार्मा गाउँपालिकाको पारिबगरसम्म मात्र जिप सञ्चालनमा छन् ।

पारिबगरबाट अपि गाउँपालिकासम्म सामान ढुवानी गरेबापत रु ३५ देखि रु ४५ प्रतिकिलो भाडा तिनुपर्ने बाध्यता रहेको स्थानीय व्यापारी मानसिंह धामीले बताउनुभयो । “महँगो भाडाका कारण यहाँका स्थानीयवासीले सजिलै नुन र खाद्यान्न उपभोग गर्न पाएका छैनन्,” उहाँले भन्नुभयो ।

साल्ट कर्पोरेशनको डिपो दार्चुलाको खलंगा र गोकुलेश्वरमा छ । गोकुलेश्वर र खलंगामा प्रतिकिलो रु ९ मा नुन उपलब्ध भए पनि गाउँसम्म पु¥याउन सकिएको छैन । सदरमुकामसम्म मात्र ढुवानी भाडा दिएका कारण गाउँमा सुपथ मूल्यमा नुन पु¥याउन नसकिएको साल्ट डिपो खलंगाका प्रमुख प्रेमसिंह कँुवरले बताउनुभयो ।

आयोडिन खानुपर्छ भन्ने जानकारी हुँदाहँुदै पनि ग्रामीण भेगमा महँगो भएका कारण प्रयोग गर्न सएिको छैन । गाउँपालिकाले साल्ट कर्पोरेशनको डिपो राख्न माग गरेको सो गाउँपालिकाका अध्यक्ष धर्मानन्दसिंह मन्यालले बताउनुभयो । पछिल्लो समय गाउँपालिकाले पाँच सय क्विन्टल नुनका लागि ठेक्का सम्झौता गरेको अध्यक्ष मन्यालले जानकारी दिनुभयो । स्थानीयवासीले गाउँपालिकाबाट प्रतिकिलो रु २५ का दरले नुन पाउने उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्