Logo
|
Friday 19th April 2024
Logo

epaper

अत्याधुनिक ‘सूरिया प्याथोलोजी सेवा’



   काठमाडौंको लाजिम्पाटस्थित सूरिया हेल्थ केयरले अत्याधुनिक ‘सूरिया प्याथोलोजी सेवा’ सञ्चालनमा ल्याएको छ । आजदेखि सञ्चालनमा ल्याइएको सूरिया प्याथोलोजी सेवाअन्तर्गत  बिरामीले इम्युनोएसो, मोलिक्युलर जेनेटिक्स, बायोकेमेष्ट्री, माइक्रोबायोलोजी, क्लिनिकल प्याथोलोजी, हेमाटोलोजी, साइटो प्याथोलोजी, हिस्टोप्याथोलोजी, एक्सरे, फोर डायमिन्सिनल अल्ट्रासाउन्डको सुविधा प्राप्त गर्नसक्ने छन् ।

यसका लागि अमेरिकाको उत्कृष्ठ कम्पनिका मेडिकल उपकरण र रि—एजेन्टबाट बिरामीको रगतको नमुना परीक्षण गरिने छ । साथै ल्याबोरेटोरी इन्फर्मेसन सिस्टम –एलआइएस_ बाट बिरामीले रिपोर्ट प्राप्त गर्ने सूरिया हेल्थ केयरका निर्देशक एवं भारतको चेन्नाइस्थित सूरिया हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डाक्टर राजिब श्रीकुमारले बताउनुभयो । परीक्षणको नतिजा प्राप्त गर्न बिरामीले ल्याबमा धाउनुपर्दैन । स्वदेश तथा विदेशका जुनसुकै कुनाबाट पनि बिरामीले रिपोर्ट प्राप्त गर्ने डा. श्रीकुमारले जानकारी गराउनुभयो ।

यहाँ मोलिक्युलर डायग्नोष्टिक अन्तर्गत क्यान्सर, हेपाटाइटिस बी र सी तथा जेनोटाइपका साथै सिएमभी टेष्ट सेवा उपलब्ध छ । यसका साथै सघन कक्षका बिरामीहरुका लागि विशिष्ट प्रकारका परीक्षणको सुविधासमेत उपलब्ध छन् ।

यसअघि सूरियाले नेपालमा पहिलोपटक पेट स्क्यान सेवा, अत्याधुनिक एमआरआई, सिटी स्क्यान, डेक्सा र वेलनेस सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्