Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपाल नेशनल हस्पिटलमा १० वेडको अत्याधुनिक नवजात शिशु सघन उपचार कक्ष शुरु (फोटो फिचरसहित)




काठमाडौंको कलंकीचोकस्थित नेपाल नेशनल हस्पिटलले १० वेडको अत्याधुनिक नवजात शिशु सघन उपचार कक्ष (एनआईसियू) सञ्चालनमा ल्याएको छ । सोमध्ये ४ वटा कक्षमा भेन्टिलेटरसहितको व्यवस्था छ ।
युवा तथा खेलकुद मन्त्री राजन केसीले उक्त उपचार कक्षको आज उद्घाटन गर्नुभयो । यसअघि नै सञ्चालनमा आइसकेको १० वेडको आईसियू सेवा गरी अब अस्पतालमा क्रिटिकल केयर उपचारका लागि २० वेडको सुविधा उपलब्ध भएको छ ।
एनआईसियू कक्षको अवलोकनका क्रममा मन्त्री के.सी.ले अस्पतालमा बिरामीको सेवा र सुविधा उत्कृष्ठ भएको भन्दै तारिफ गर्नुभयो । उहाँले अस्पतालको चौतर्फी विकासका लागि आवश्यक सुझाव र सहयोग गर्न आफू तयार भएको आश्वासन दिनुभयो ।
यसैबीच अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ छाति रोग विशेषज्ञ डाक्टर प्रकाश पौडेलले आगामी ३ महिनाभित्र अस्पतालमा डायलाईसिस र ट्रमा सेन्टर स्थापना गरी सम्बन्धित बिरामीलाई सुविधा दिने जानकारी गराउनुभयो ।

एनआईसियू उद्घाटनमा उपस्थित हुनुभएका भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले अस्पतालले गुणस्तरीय सेवामा कञ्जुस्याई गर्न नहुने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष वरिष्ठ पत्रकार हरिहर बिरहीले अस्पतालमा आफू पनि भर्ना भएर उपचार गरिसकेकाले यहाँको सेवा र सुविधा अत्यन्त गुणस्तरीय भएको भन्दै अस्पताललाई धन्यवाद दिनुभयो । छातिमा संक्रमणको समस्या देखिएपछि केही समय अघि बिरहीले एक सातासम्म सो अस्पतालमा भर्ना भएर उपचार गराउनुभएको थियो ।
अस्पतालका अध्यक्ष रामचन्द्र शर्माले अस्पतालले बिरामीको सेवा र सुविधालाई अस्पतालले विशेष प्राथमिकता दिने गरेको जानकारी दिनुभयो ।

हाल अस्पतालमा १०० वेडको सुविधासहित विभिन्न अत्याधुनिक सेवाहरु उपलब्ध छन् ।

प्रतिक्रिया दिनुहोस्