Logo
|
Thursday 18th April 2024
Logo

epaper

चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यलयमै अड्कियो



प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपति कार्यलयमा अड्किएको छ । लामो समय सम्म विवादित बनेको चिकित्सा शिक्षा विद्येयक संसद विघटनसँगै सरकारले अध्यादेशबाट ल्याएको थियो ।

राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि सो विद्येयक पुन: अन्यौलमा परेको हा । चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नभएपछि डा केसीले पुन आन्दोलनको तयारी गर्नुभएको उहाँका सहयोगी डा अभिशेक सिंहले जानकारी दिनुभयो । आन्दोलनका भावी कार्यक्रमबारे जानकारी दिन केसी पक्षले महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पताल परिषरमा अपरान्ह ४ वजे पत्रकार सम्मेलन आयोजना गरेको छ ।

राष्ट्रपति कार्यलयका सहप्रवक्ता कृष्ण मुरारी न्यौपानेले सो अध्यादेश प्रमाणीकरण भईनसकेको बताउनुभयो । उहाँले भन्नुभयो–’प्रमाणीकरण भएको छैन । प्रक्रियामा छ एकदुई दिन भित्रै प्रमाणिकरण हुन्छ ।’ कानुनत: संसदबाट गएको विद्येयक १५ दिनभित्रै अनुमोदन गर्नुपर्ने प्रावधान भएपनि अध्यादेशको सवालमा सो प्रावधान लागू नहुने भएकाले राष्ट्रपतिलाई कुनैपनि दवाव नरहेको कानुनबिद् बताउँछन् ।

डा केसीको माग र माथेमा प्रतिवेदनको सुझावमा आधारित रहेर सरकारले गत कात्तिक ६ गते अध्यादेश पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति कार्यलयमा पठाएको थियो ।  कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्