Logo
|
Friday 29th March 2024
Logo

epaper

डा.केसीले भने: राष्ट्रपति ज्यू! चिकित्सा शिक्षा अध्यादेशबारे सूचना चाहियो



डा.केसीले भने: राष्ट्रपति ज्यू! चिकित्सा शिक्षा अध्यादेशबारे सूचना चाहियो  चिकित्सा शिक्षामा सुधारको माग गर्दै संघर्ष गर्दै आइरहेका डा. गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशबारे सूचना माग्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्।

डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४ जारी गर्ने सम्बन्धमा कार्तिक ६ गतेको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रपति समक्ष सिफारिस भए बमोजिम राष्ट्रपति ज्यूबाट उक्त अध्यादेश जारी भएको छ वा छैन ? यदि जारी भएको छैन भने के कारणले जारी नभएको हो? भन्दै संविधानले प्रत्याभुत गरेको सूचनाको हकको प्रयोग गर्दै निवेदन दर्ता गराएका हुन्।

उनले अध्यादेश जारी नहुने आसय सहित राष्ट्रपति कार्यालयका केही अधिकारीहरुले दिएको अभिव्यक्तिको आधिकारीकता के हो भन्दै प्रश्न समेत गरेका छन्।

‘मन्त्रिपरिषदले सिफारिस गरेको जनमुखी अध्यादेश यति लामो अवधिसम्म जारी नगरी विलम्व गर्ने अधिकार राष्ट्रपति ज्यूमा रहेको भए सोको स्रोत के हो? अध्यादेश रोकिएको अवस्थाको परिणाम स्वरुप सृजित परिस्थितिको जिम्मेवार को हुन्छ ?’ भन्दै प्रश्न समेत गरेका छन्।

डा. केसी र नेपाल सरकारबीच कार्तिक १ गते चिकित्सा शिक्षा अध्यादेश २०७४ जारी गर्ने सम्झौता भएको थियो। उनी चिकित्सा क्षेत्रको सुधारको लागि १३ औं पटक अनशन बसिसकेका छन्। सूचना माग गर्देमा केसी सहित अधिवक्ता ओमप्रकाश अर्याल, डा. अभिसेकराज सिंह र डा. तोसिमा कार्की रहेका छन्।नागरिकन्यूजबाट

प्रतिक्रिया दिनुहोस्