Logo
|
Wednesday 24th April 2024
Logo

epaper

बाक्लो तुवाँलोका कारण दिल्लीको जनजीवन प्रभावित



अत्याधिक बाक्लो तुँवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन नराम्ररी प्रभावित भएको छ ।दिल्लीका सबै विद्यालयहरुमा बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरुमा रोक लगाइएको अधिकारीहरुले बताएका छन् ।

कतिपय विद्यालयहरुमा त पठनपाठनसमेत बन्द गरेर अनिश्चितकालका लागि विद्यालयहरु सञ्चालन नगर्न भनिएको छ ।

धेरै प्रदूषित शहरमध्येमा पर्ने दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको अधिकारीहरुले बताएका छन् ।

भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा कैयौँ गुणासम्म बढी पाइएको उनीहरुको भनाई छ ।

कम गतिको हावा, निर्माणस्थलबाट आउने धुलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइन्छ ।

दिल्लीमा हरेक वर्ष विषेश गरेर जाडोको समय शुरु भएपछि बाक्लो तुवाँलो फैलिने समस्या आउने गरेको छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्