Logo
|
Friday 29th March 2024
Logo

epaper

स्टार अस्पतालमा मधुमेहबारे सचेतना अभियान



मधुमेह र यसबाट हुनसक्ने जोखिमबारे सचेत रहन आग्रह गरिएको छ । विश्व मधुमेह दिवसका अवसरमा काठमाडौंको सानेपास्थित स्टार हस्पिटलद्धारा आयोजित मधुमेह र यसबाट हुनसक्ने जोखिमबारे अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो आग्रह गरेका हुन् ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार के.सी.को प्रमुख आथित्यमा भएको अन्तरक्रिया कार्यक्रममा अस्पतालका चिफ अपरेटिङ अफिर एवं आँखा रोग विशेषज्ञ डाक्टर सन्देश जि.सी.ले मधुमेहले अन्धो बनाउन सक्ने भएकाले सुरुवात्को अवस्थादेखि नै मधुमेह नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मधुमेहले आँखाको नानी पछाडिको नरम पर्दा (रेटिना) मा प्रभाव पारेर आँखाको हेर्ने शक्तिमा ¥ह«ास ल्याउने बताउनुभयो ।
सो अवसरमा अस्पतालले कार्यक्रममा उपस्थित भएका सम्पूर्ण व्यक्तिलार्य निशुल्क चिकित्सकीय परामर्श र सुगर जाँच सेवा प्रदान गरेको छ ।

नेपाल भिट्रियो रेटिना सोसाइटीको सहकार्यमा भएको कार्यक्रममा ३ सय ५० जना भन्दा बढी व्यक्तिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्