Logo
|
Wednesday 24th April 2024
Logo

epaper

मधुमेह सचेतनाका लागि राजधानीमा वाकाथन



विश्व मधुमेह दिवसको पूर्व सन्ध्यामा राजधानीमा वाकाथन कार्यक्रमको आयोजना गरिएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित किड्नी इन्डोक्राइनोलोजी एण्ड न्यूरो सेन्टर (केन) ले मधुमेह र यसका असरबारे सामाजिक सचेतना फैलाउन सो कार्यक्रमको आयोजना गरेको हो ।
नयाँबानेश्वरबाट शुरु भएको वाकाथन बुद्धनगर, माइतिघर हुँदै पुन नयाँ बानेश्वर पुगेर समापन गरिएको थियो ।
मधुमेहको समस्या जटिल हुने हुँदा ‘ हाम्रो अधिकार स्वस्थ्य भविष्य’ भन्ने कुरामा विशेष ध्यान पु¥याउनुपर्नेमा जोड दिइएको कार्यक्रम संयोजक आयुष बज्राचार्यले बताउनुभयो ।

इन्टरनेशनल डायबिटिज फेडेरेसनको आव्हानमा हरेक वर्ष १४ नोभेम्बरमा संसारभर मनाइने विश्व मधुमेह दिवस यस वर्ष महिलाको स्वास्थ्यमा धेरै केन्द्रित भएको छ । यस वर्ष ‘महिला र मधुमेहः स्वस्थ्य भविष्य हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ विश्व मधुमेह दिवस मनाइदैछ । इन्टरनेशनल डायबिटिज फेडेरेसनका अनुसार, १० जना महिलामध्ये एकजनामा मधुमेह हुने गरेको छ । ७ जना जिवित जन्ममा एक जना गर्भमा नै मधुमेहको शिकार हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्