Logo
|
Friday 19th April 2024
Logo

epaper

प्रहरी अस्पतालमा सर्वसाधारणको लागि स्वास्थ्य सेवा शुरु



नेपाल प्रहरी अस्पतालबाट आजदेखि सर्वसाधारणले उपचार सेवा प्राप्त गर्न थालेका छन् । प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अस्पतालमा आयोजित एक कार्यक्रमबीच सर्वसाधारणका लागि स्वास्थ्य सेवा शुभारम्भ गर्नुभयो । सर्वसाधारणले दिउँसो १ बजेदेखि २ बजेसम्म बहिरंग सेवा प्राप्त गर्न सक्नेछन् । उनीहरुका लागि ३२ वेडका व्यवस्था गरिएको छ । हाल अस्पतालमा २ सय ११ वटा वेड छन् । सेवा शुल्क अन्य सरकारी अस्पतालको सरह नै हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्