Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्व मधुमेह दिवस २०१७ मनाइँदै



विश्व मधुमेह दिवस आज नेपाललगायत विश्वभर नै विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ ।
इन्टरनेशनल डायबिटिज फेडेरेसनको आव्हानमा हरेक वर्ष १४ नोभेम्बरमा संसारभर विश्व मधुमेह दिवस मनाइन्छ । यस वर्ष सन् २०१७ मा महिलाको स्वास्थ्यमा धेरै केन्द्रित भएको छ । यस वर्ष ‘महिला र मधुमेहः स्वस्थ्य भविष्य हाम्रो अधिकार’ भन्ने मुल नाराका साथ विश्व मधुमेह दिवस मनाइँदैछ । इन्टरनेशनल डायबिटिज फेडेरेसनका अनुसार, १० जना महिलामध्ये एकजनामा मधुमेह हुने गरेको छ । ७ जना जिवित जन्ममा एक जना गर्भमा नै मधुमेहको शिकार हुने गरेका छन् । त्यसैले मधुमेहविरुद्ध जनचेतना व्यापक बनाउन जरुरी छ ।
विश्व स्वास्थ संगठनले २०१४ मा गरेको सर्वेक्षणले विश्वभर ४२ करोड वयस्कलाई मधुमेह भएको देखाएको छ । सन् १९८० मा गरेको सर्वेक्षणमा विश्वमा मधुमेहबाट १० करोड युवा ग्रसित थिए । त्यसैले मधुमेहको समस्या दिन प्रतिदिन बढिरहेको छ ।
शरीरको रगतमा सुगरको मात्रा धेरै गराउने मेटाबोलिक रोगहलाई डायवेटिज अर्थात मधुमेह भनिन्छ । शरीरमा पर्याप्त ईन्सुलिनको मात्रा उत्पादन नहुने वा शरीरका कोषले ईन्सुलिनप्रति उचित प्रतिक्रिया नदेखाउने जस्ता दुबै कारण हुनसक्छ । यसरी मधुमेहका बिरामीहरुमा शिघ्र पिसाब आउने, छिट्टै भोक लाग्ने, अत्यधिक तिर्ख लाग्ने, अपत्यारिलो रूपमा तौल बढ्ने या घट्ने, अत्यधिक थकान महसुस हुने समस्या हुन्छ ।

 

सामान्य अर्थमा पाचनप्रणलीको एउटा अभिन्न अङ्ग पित्तथैलीले पर्याप्त मात्रामा इन्सुलिन नामक तत्व छान्न नसक्नु या शरीरले इन्सुलिनप्रति उचित प्रतिक्रिया जनाउन नसक्नु नै डायवेटिज हो । यो एउटा ग्रन्थिजन्य रोग या संक्रमण हो र यसको उपचार इन्डोक्राईनोलोजिस्टहरुले गर्छन् ।
मधुमेहले रक्तचाप, कोलेस्टेरोल लगायत मुटुरोग लाग्नसक्ने संभावना एकदमै बढाउने भएकाले मधुमेह भएका बिरामीहरुले नियमित रक्त परीक्षण तथा रक्तचाप परीक्षण अनिवार्य गराउनु पर्दछ । सही खानपान, रहनसहन, सकारात्मक सोच, नियमित शारीरीक व्यायामले समयमै मधुमेहलाई नियन्त्रण गर्न सकिन्छ । मधुमेह भएका मानिसले धुम्रपान र मद्यपान भने गर्न हुँदैन । यदि कसैको परिवारमा अघिल्लो पुस्तामा मधुमेह भएमा अर्को पुस्ता पनि मधुमेह प्रति सचेत रहन जरुरी छ । बेलैमा सजग रहेमा मधुमेहलाई हामी आफ्नो जीवनवाट धेरै पर धकेल्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्