Logo
|
Friday 19th April 2024
Logo

epaper

उपचार नहुँदा ऐंजुरु 



जन्मँदै अनुहारको एक छेउमा रातो मासु देखिएका झापा, बिर्तामोडका २० वर्षीय पुजन पाँचकोटीको अहिले अनुहारभरि ऐंजेरु फैलिएको छ ।

अनुहारको देबे्र भागमा ऐंजेरुले ढाकिसक्यो भने अनुहारको अर्को भागतिर फैलिने क्रममा छ । “ऐंजेरुले अनुहार नै नचिन्ने बनायो” उपचारका लागि याचना माग्ने क्रममा सञ्चारकर्मीसँग उहाँले दुःखेसो पोख्नुभयो, “डाक्टरले उपचार गरे जाती हुन्छ भनेका छन्, उपचार गर्ने आफूसँग पैसा छैन ।”

पाँचकोटी अभिभावकविहीन हुन् । बिर्तामोडको कालीस्थानमा सानैमा बुबा चन्द्र बित्नुभएको र आमाले दोस्रो विवाह गरेपछि उहाँ सहाराविहीन हुनुभएको थियो । बाल्यकालमा टुहुरा बनेपछि उहाँ भारतको दार्जिलिङस्थित सुकुनास्थित मावलघरमा हुर्कनुभयो, बढ्नुभयो । धैरै बसाइ मामाघरमा नै बित्यो तर त्यहाँका पनि आर्थिक अवस्था कमजोर भएका कारण उहाँले यतिका समयसम्म अनुहारमा ऐंजेरु बोकेर हिँडडुल गर्न बाध्य हुनुभएको छ ।

पाँचकोटीका अनुसार भारत, बङ्लोरको एक अस्पतालमा उपचार गर्न सिलगुढीका एक अस्पतालले सिफारिस गरे पनि पैसा नभएपछि उनको उपचार रोकिएको हो । “कहिले नेपाल त कहिले भारततिर यताउता पैसा जोहो गर्दा भारु एक लाख जति उठाएको छु” उहाँले भन्नुभयो,“तर अस्पतालमा लाग्ने जति पैसा नहँुदा त्यत्तिकै रोग पाल्न बाध्य छु ।”

अस्पतालले उपचारका लागि करिब रु तीन लाख भारु लाग्ने भनेको छ । बिर्तामोडको कालिका स्कुलमा कक्षा ११ मा अध्ययनरत उहाँले यतिखेर ऐंजेरुको उपचार गर्न बजार, चोकमा याचना गर्दैआउनुभएको छ । “अरु जस्तै हुनमन छ” पाँचकोटीले भन्नुभयो,“दयालु मनकारीको खोजीमा छु ।” रासस

प्रतिक्रिया दिनुहोस्