Logo
|
Thursday 28th March 2024
Logo

epaper

शरीरमा भिटामिन डी को कमीले पनि टाइप २ मधुमेह !



भिटामिन डी को कमी र मधुमेह रोग सबै उमेर समूह जात–जाति, वर्ण, लिङ्ग, भौगोलिक क्षेत्रहरू र जुनसुकै सामाजिक–आर्थिक अवस्थामा पनि व्यापकरुपमा प्रचलित समस्या हो ।

राष्ट्रको चिकित्सा फाँटले निकै ठूलो फड्को मारेता पनि, चिकित्सा विज्ञानले जतिसुकै प्रगति गरेता पनि, भिटामिन ‘डी’ अर्थात् सूर्यको किरणका माध्यमबाट प्राप्तहुने भिटामिनको कमीका कारण निम्तिने महामारी अझै पनि विद्यमान छ । यो वास्तवमै बाहिरी क्रियाकलापमा कम संलग्न हुने र भित्री क्रियाकलापहरू जस्तैः टि.भी., ल्यापटप, मोवाइल जस्ता डिजिटल प्रविधिमै रमाईरहने र बाहिर निस्कने अवस्थामा पनि छालामा सन् प्रोटेक्सन (सूर्यको किरणले असर नगर्ने मल्हम) लगाउने अधिकाँश युवा युवतीको बानीका कारण तिनको छालाले सूर्यका किरणका माध्यमबाट भिटामिन ‘डी’ उत्पादन गर्ने अवस्थामा ह्रास आउने गर्दछ ।
भिटामिन ‘डी’ को कमीका कारण मानिसको दैनिक जीवनमा निकै ठूलो असर परिरहेको हुन्छ । उक्त भिटामिन शरीरलाई आवश्यकपर्ने मात्राभन्दा कमी हँुदा त्यसले व्यक्तिमा अल्छी लाग्ने, शरीरका हड्डी तथा जोर्नीहरू दुख्ने, मांशपेशी कमजोर हुने, शरीरमा कुनै न कुनै सङ्क्रमण भइरहने, सामान्य क्रियाकलापमा लड्ने जोखिम बढ्ने र मानसिक चिन्ताको मात्रा समेत बढेर जाने सम्भावना एकातिर हुन्छ भने अर्कोतिर भिटामिन ‘डी’ अत्यधिक मात्रामा कमी भएमा वा लामो समयसम्म त्यसमा सुधार नल्याइएमा त्यसले मुटुरोग, उच्च रक्तचाप, मोटोपना, अर्बुदरोग र टाइप–२ मधुमेहको जोखिम समेत बढाई दिन सक्छ ।
पोषक तत्वहरू मध्ये, भिटामिन ‘डी’ ले रगतमा या त ग्लाइसेमिया नियन्त्रण गर्ने वा मुधुमेहका जटिलताहरूलाई घटाउने कार्यमा महत्वपूर्ण भूमिका निभाउँदछ । प्रशस्त मात्रामा वा आवश्यक पर्ने जति मात्रामा भिटामिन ‘डी’ हुने व्यक्तिहरूमा टाइप २ मधुमेह हुने सम्भावना ४८% ले कम हुन्छ ।

के हो त भिटामिन ‘डी’ ?
भिटामिन ‘डी’ चिल्लो पदार्थमा धुलनशील एक भिटामिन हो, जसले हरमोन सहित स्टेरोइडको क्रियाकलाप गर्दछ । त्यस कार्यले गर्दा मानिसको पाचन प्रणालीले क्याल्सियम र फोस्फोरस शोषण गरी लिने गर्दछ । त्यसका अतिरिक्त यस भिटामिनले मानिसको शरीरमा हाड–जोर्नी, दाँत र शरीरका अन्य जोर्नीहरूको स्वस्थता कायम गर्ने÷गराउने, शरीरको प्रतिरक्षात्मक प्रणालीलाई सहयोग पु¥याउने जस्ता महत्वपूर्ण कार्यहरू गर्दछ ।
भिटामिन ‘डी’ का स्रोतहरूः भिटामिन ‘डी’ जम्मा २ प्रकारका हुन्छन् । ती मध्ये पहिलो भिटामिन ‘डी’ २ जुन प्राकृतिकरुपमै घामका किरणमा उजागर भएर अथवा घाम लाग्ने ठाउँमा उत्पादित च्याउमा पाइन्छ भने दोस्रो हो भिटामिन ‘डी’ ३, जुन मुख्य (५०–९०%) भिटामिन ‘डी’ हो र अक्सर प्राकृतिक रुपमा सूर्यको किरण पर्ने अथात् आवश्यक मात्रामा घाम ताप्ने मानव छालाले उत्पादन गर्ने गर्छ । तसर्थ शरीरमा भिटामिन ‘डी’ कमी हुनुको प्रमुख कारण भन्नु नै मानिसले पर्याप्त मात्रामा घाम नताप्नु हो । माछाको तेल, अण्डाको पहेँलो भाग र सालमोन, सार्डिन्स् मकरेल जस्ता चिल्लो पदार्थ अत्यधिक हुने समुद्री माछाहरूमा प्राकृतिक रुपमै केहि मात्रामा भिटामिन ‘डी’ ३ पाइन्छ । भिटामिन ‘डी’ २ र भिटामिन ‘डी’ ३ दुबै मानव खाद्य पदार्थलाई पौष्टिक तत्व प्रवद्र्धन र भिटामिन ‘डी’ युक्त पुरक खाद्य पदार्थहरू उत्पादन गर्न प्रयोग गरिन्छ । चिकित्सा एवम् वैज्ञानिक अध्ययनहरूले के देखाएका छन्भने भिटामिन ‘डी’ ३ भिटामिन ‘डी’ २ भन्दा ३ गुणाभन्दा बढी प्रभावकारी हुने गर्छ । त्यसकारणले यदि तपाईं भिटामिन डी युक्त पौष्टिक पदार्थ वा भिटामिन ‘डी’ प्रबद्र्धित खाद्य पदार्थ किन्दै हुनुहुन्छ भने ती पदार्थहरूमा कुन चाहिँ (डी २ वा डी ३) भिटामिन डी रहेको छ भनी हेर्न नभुल्नुहोला ।

 

भिटामिन ‘डी’ कमी हुने जोखिममा को को पर्छन् ?
बाल–बालिका, किशोरावस्थाका केटाकेटीहरू, वयष्क महिला–पुरुष, गर्भवती महिलाहरू सहित बृद्ध–बृद्धाहरू, ज्यादा मोटा व्यक्तिहरू, पाचन प्रणालीले खानाबाट पौष्टिक तत्व शोसन गर्ने क्षमता कम भएका व्यक्तिहरू लगायत विविध रोग निरोधी (प्रतिरोधात्मक) स्टेटोइड्स तथा एच.आई.भी.÷एड्सका औषोधोपचार गराइरहेका व्यक्तिहरू शरीरमा भिटामिन ‘डी’ कमी हुने वा शरीरमा भिटामिन ‘डी’ कोमात्रा अपुग हुने उच्च जोखिममा पर्ने गर्दछन्। हाम्रो परिप्रेक्ष्यमा भन्नुपर्दा काठमाडौं उपत्यकाका असन, इन्द्रचोक, पाटन र भक्तपुरका केहि त्यस्ता ज्यादा जन धनत्व भएका र सूर्यको प्रकाश कम पर्ने बस्तीहरू, जहाँ धाम ताप्ने उपयुक्त सुविधा समेत छैन, त्यहाका बासिन्दाहरूमा पनि भिटामिन ‘डी’ कमी हुने समस्या हुनसक्छ । सूर्यको किरणको असर कम पार्ने एसपिएफ ३० तत्वसहितको घामबाट जोगाउने चस्मा लगाउँदा समेत सूर्यको किरणबाट छालाले भिटामिन ‘डी’ शोसन गर्ने एवम् संश्लेषण गर्ने क्षमतामा ९५% भन्दा बढीले कमी आउन सक्छ । कालो वर्णका मानिसहरू वा छाला कालो भएका मानिसहरूमा गोरो छाला भएका व्यक्तिहरूको दाँजोमा सूर्यको किरणबाट उत्तिकै मात्राको भिटामिन ‘डी’ प्राप्त गर्न कम्तिमा ३ देखि ५ गुणा बढी समयसम्म घाम ताप्नु पर्ने हुनसक्छ । तसर्थ, कालो वर्ण वा कालो छाला भएका व्यक्तिहरूमा तिनको शरीरमा भिटामिन ‘डी’ को मात्रा आवश्यकता भन्दा कम पाइन्छ ।

भिटामिन ‘डी’ को कमीले कसरी मधुमेहको जोखिम बढाउँछ ?
मानव शरीरमा भिटामिन ‘डी’ ले इन्सुलिन सम्वेदनशीलता बढाइदिने हुँदा त्यसका कारण इन्सुलिन प्रतिरोधको जोखिम घटाइदिन्छ । अर्थात् इन्सुलिनले आफ्नो कार्य सहजरुपमा गरिरहेको हुन्छ । इन्सुलिन प्रतिरोध सामान्यतया टाइप २ मधुमेहका प्रमुख कारक रहने गर्दछ । भिटामिन ‘डी’ले प्याङ्क्रियाज (अग्न्याशय) मा इन्सुलिन उत्पादन गर्ने क्षमतामा समेत बृद्धि गर्दछ । त्यसैगरी शरीरमा भिटामिन ‘डी’ को पर्याप्त या उपयुक्त मात्राले ‘लेप्टिन’ भन्ने ‘हरमोन’को मात्रा बढाउन मद्दत गरेर व्यक्तिको सोचाईमा थप सकारात्मक संवेग प्रवाह गर्ने, उसलाई सन्तुष्ट र खुशी राख्ने जस्ता क्रियाले गर्दा व्यक्तिले अत्यधिक ज्यादा खाना नखाने र अपेक्षाकृत रुपमा शारीरिक तौल घटाउन समेत मद्दत पु¥याउने हुन्छ । यसले प्याराथाइराइड हरमोन र तनाव उत्पन्न गराउने हरमोन ‘कोर्टिसोल’ को मात्रा घटाउन समेत मद्दत गर्दछ, जसले गर्दा मोटोपनाको जोखिम घट्न जान्छ । मोटोपना टाइप २ मधुमेहको जोखिमको प्रमुख कारक हो ।

भिटामिन ‘डी’ कम हुनबाट कसरी बच्ने ?

७० वर्षभन्दा कम उमेरका व्यक्तिहरूका लागि दैनिकरुपमा आवश्यक पर्ने वा सिफारिस गरिने भिटामिन ‘डी’ को मात्रा १६०० आईयु÷प्रतिदिन रहेको छ । ७० वर्षभन्दा माथिका व्यक्तिहरूका लागि भने ८०० आईयु÷प्रतिदिन भए पर्याप्त हुनेछ । मानव रगतमा भिटामिन ‘डी’ को मात्रा भने उपयुक्त रुपमा ३० देखि १०० लनरm िउपयुक्त मानिन्छ । भिटामिन ‘डी’ को मुख्य श्रोत भने बसन्त ऋतु, ग्रीष्म ऋतुर शिशिर ऋतुमा विशेषत बिहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्मको घाम ताप्दा हाम्रो छालाले उत्पादन गर्ने गर्दछ । तसर्थ भिटामिन ‘डी’ अपूर्णताबाट जोगिन प्रत्येक व्यक्तिले आफ्नो अनुहार, हात–पाखुरा र गोडा–पिँडुलामा अर्थात् शरीरको कम्तिमा ४०% छाला घाममा पर्ने गरी अनिवार्य रुपमा १५ देखि २० मिनेट घाम ताप्नु पर्दछ । सूर्यको किरणका सहायताले हाम्रो छालाले उत्पादन गरेको भिटामिन ‘डी’ हामीले औषधिका रुपमा खाएको भिटामिन ‘डी’ को तुलनामा कम्तिमा पनि दुईगुणा बढी समयसम्म हाम्रो शरीरमा सुरक्षित रहन्छ । भिटामिन ‘डी’ ३ का पुरक÷पौष्टिक आहारले हाम्रोशरीरमा भिटामिन ‘डी’ को मात्रा लामो समयसम्म भण्डारण गरेर राख्न सक्ने हुँदा विशेषतः जाडो याममा जतिखेर घाम कम मात्रामा लाग्ने हुन्छ, त्यतिखेर ज्यादा उपयोगी हुने हुन्छ । तसर्थ, भिटामिन ‘डी’ हाम्रो शरीरका लागि अत्यावश्यक र महत्वपूर्ण भिटामिन हो, जसले विशेषतः टाइप २ मधुमेहजस्तो दीर्घरोगबाट जोगिन मद्दत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्