Logo
|
Thursday 28th March 2024
Logo

epaper

इच्छा शक्तिले सफलता मिल्छ



‘दृढ इच्छा भएमा सफलता प्राप्त गर्न सकिन्छ’ भन्ने मान्यता राख्ने सन्तोष घिमिरे वेभ ट्रेडिङ कन्सर्न प्रा.लि.का बजार व्यवस्थापक हुनुहुन्छ । नम्र भाषामा स्पष्ट बोल्ने, लोभ नदेखाउने र नियमित सम्पर्कमा बस्न सकेको अवस्थामा व्यापारमा सफलता मिल्ने उहाँ बताउनुहुन्छ ।
अमेरिकाबाट साइकोलोजी विषयमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बीएस्सी अध्ययन पश्चात् सन् १९८७ देखि फर्मास्युटिकल्स कम्पनिमा करिब दुई दशक जति बजार व्यवस्थापक भएर काम गरिसक्नुभएको छ ।
फर्मा क्षेत्रबाट मेडिकल, सर्जिकललगायत स्वास्थ्य सामाग्रीको क्षेत्रतिर जाँदा कतिको गा¥ह«ो हुन्छ ? भन्ने प्रश्नमा घिमिरे भन्नुहुन्छ—‘एउटा विदेशी यो देशमा आएर सामान बिक्री गर्न सक्छ भने हामी त नेपाली हौं नि । के को गा¥ह«ो ? तर सामानको बारे राम्रोसँग अध्ययन भने गर्नुुपर्छ ।’ अहिलेसम्म सामान बिक्रीमा कुनै समस्या नभएको उहाँ बताउनुहुन्छ ।
घिमिरेले वेभ ट्रेडिङ कन्सर्न प्रा.लि.को सम्पूर्ण व्यवस्थापकको जिम्मेवारी लिनुभएको छ । उहाँ भन्नुहुन्छ—‘काम गर्ने राम्रो वातावरण छ । मलाई पैसा भन्दा पनि इज्जत महत्वपूर्ण लाग्छ । त्यो पाएको छु ।’
पढेलेखेको मानिसलाई ‘धन्यवाद’ मात्र भनेपनि राम्रो काम गर्न सक्छ । कार्यालयको वातावरण ‘फ्रेन्डली’ हुनुपर्छ । ‘एप्रिसियट’ गर्नुपर्छ । डोमिनेट गरेर कुरा गर्न हुँदैन । घिमिरे भन्नुहुन्छ—‘कसैले डोमिनेट गरेमा तुरुन्त जागिर छाड्न तयार छु ।’
‘हरेकले आफ्नो पोष्टको इज्जत गर्दै काम गर्नुपर्छ । मूल्यांकन गर्ने जिम्मेवारी कम्पनिको हो ।’—घिमिरे भन्नुहुन्छ—‘जुन बेलासम्म काम गर्छुु, पोष्टको इज्जत गर्दै काम गर्छु ।’
‘शुरुमा आईएस्सी अध्ययनपश्चात् डाक्टर अध्ययन गर्ने सोच थियो । तर राजनीति भएर मेरो कोटा अर्कैले प्राप्त ग¥यो ।’—घिमिरे भन्नुहुन्छ—‘ अहिले जे छु । राम्रो लागेको छ ।’
५८ वर्षका घिमिरे स्वस्थ्य हुनुहुन्छ । बिहान २ घण्टा योगा, पाँच किलोमिटरको दौड, सकारात्मक सोचले उहाँको इनर्जी पावर बढाएको छ । ‘दिनभर गरेका काम राति याद गर्छु ।’—उहाँले भन्नुभयो—‘गल्ती भएमा सच्याउने कोशिस गर्छु ।’ हाल आएर उहाँले सामान बिmत्रीपश्चात् राम्रो सेवा दिने उहाँ बताउनुहुन्छ ,
मध्यपूर्वी पहाडी जिल्ला रामेछापबाट उहाँको बुबा सिराहा बसाइँ सर्नुभएको थियो । २०१५ सालतिर उहाँहरु बिराटनगरतिर झर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्