Logo
|
Friday 29th March 2024
Logo

epaper

अत्याधुनिक प्रविधिसँगै मुलुकमा न्यूरो शल्यक्रियाको फड्को



 नेपालमा न्युरो शल्यचिकित्सा सेवाको शुरुवात् बीर अस्पतालबाट भएको हो । सन् १९५९ ताका प्राध्यापक डाक्टर दिनेश नाथ गगोललेSoft Temporal Decompression बाट न्युरो शल्यक्रिया गर्नुभएको थियो ।
शुरुवातीका दिनहरुमा नेपालमा धेरै कम न्युरो शल्यक्रियाहरु हुन गर्दथे । वरिष्ठ न्युरो शल्यचिकित्सक प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाले तालिम लिएर आएपछि मुलुकमा न्युरो शल्यचिकित्सा सेवाले फड्को मारेको पाइन्छ ।
सन् १९८९ को अन्त्यतिर नेपालमा पहिलोपटक बीर अस्पतालमा अलग्गै न्युरो वार्ड र न्युरो शल्यक्रिया कक्षको व्यवस्था गरियो । यस लगत्तै अस्पतालमा माइक्रो न्युरो सर्जरी सेवा पनि शुरु गरियो ।

सन् १९९७ मा आइसक्दा न्युरो इन्डोस्कोपी सेवाको शुरुवात् भयो । सन् २००८/०९ तिर बीर अस्पतालमाIntra Operative Nerve Monitoring Nim 3.0 and cusa भित्रिएपछि न्युरो शल्यक्रिया सेवा अझै विकसित हुँदै गयो । पछिल्लो समयमा न्युरो शल्यक्रिया सेवाका लागि अत्याधुनिक प्रविधि भित्रिने क्रम जारी छ । सन् २०१७ सम्म आइपुग्दा बीर अस्पतालमा Neuro Navigation Stealth Station s7, Nerve integrated Monitoring NIM Eclipse, Stereotactic frame and 3D Endoscope लगायतका धेरै प्रविधिहरु भित्रिएका छन् ।
नेपालमा सबै वर्गका बिरामीहरुलाई सस्तो र अत्याधुनिक न्युरो शल्यक्रिया सेवा उपलब्ध गराउन बीर अस्पताल लागिपरेको छ । बीर अस्पतालमा न्युरो शल्यचिकित्सा सेवाहरु विशिष्ट न्युरो शल्यचिकित्सकहरुबाट भइरहेको छ । बीर अस्पतालमा बर्षेनी एक हजारभन्दा बढीको न्युरो शल्यक्रिया हुने गर्छ ।
प्रा.डा.प्रकाश विष्ट, डा. राजिव झा, डा.निलम खड्का, डा. ध्रुबराज अधिकारी, डा. राजेन्द्र श्रेष्ठलगायतका रेजिडेन्ट डाक्टरहरुबाट बीर अस्पतालमा सेवा लिन सकिन्छ । नयाँ प्रविधि आउने क्रममा हालसालै भित्रिएको Neuro Navigation Stealth Station s7 एक अत्याधुनिक प्रविधि हो ।
प्रा.डा.प्रकाश विष्ट भन्नुहुन्छ—न्युरो न्याभिगेसनको प्रयोगले विशेषत न्युरो शल्यक्रियामा रुग्णता कम गरी धेरै भन्दा धेरै ट्युमर निकाल्न मद्धत गरेर गुणस्तरीय परिणाम दिनमा सहयोग गर्छ ।
त्यसैगरी न्युरो न्याभिगेसनले Deep Seated Tumor हरुलाई पनि स्थानिकरण गर्न मद्धत गर्ने, वरिपरीका एनाटोमिकल संरचनाहरुलाई बिगार नगरी शल्यक्रिया गर्न मद्धत गर्ने, शल्यक्रियाको समय घटाउने, संक्रमण दर घटाउने भन्दै डा. राजिब झा भन्नुहुन्छ—‘कुनै पनि न्युरो शल्यक्रिया हुने संस्थामा आजको अवस्थामा न्युरो न्याभिगेसन नहुनु भनेको त्यस संस्थाको लिमिटेसन हो ।’ आफ्नो न्युरो न्याभिगेसनसँगको अनुभव सुनाउँदै उहाँ भन्नुहुन्छ—‘म यो प्रविधिलाई टुइनवेटरमा उड्नु र एअर बस ३८० मा उड्नु जसरी तुलना गर्छु जसमा सुविधा र निर्धक्कता हुन्छ ।’
Nerve Integrated Monitoring NIM Eclipse  नियमित प्रयोगकर्ता डा.झा भन्नुहुन्छ—‘यो उपकरणको प्रयोगबाट शल्यक्रिायको बेला नशामा हुन सक्ने क्षतिबाट समयमै सचेत भई बच्न सकिन्छ ।’
न्युरो न्याभिगेसनबाहेक बीर अस्पतालमा न्युरो मोडुलेसनको पनि सुरुवात हुँदैछ । यसैक्रममा नेपालमा पहिलोपटक प्रा.डा. प्रकाश विष्टको परस्परमा दबअयिाभल उगmउ को शल्यक्रिया पनि भइसकेको छ । बीर अस्पताललाई नेपालकै उत्तम सेवा दिने संस्थाका रुपमा लैजान लागेको डा. झाले बताउनुभयो । यद्यपी निम्न वर्गका जनताले अति नै सुपथ मुल्यमा अत्याधुनिक प्रविधिहरुको सेवा पाउन भनेर देशको पहिलो अस्पताल लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्