Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

राष्ट्रिय सरकारी अस्पतालहरुमा एनआईसियु सेवा बिस्तार गरिने



सरकारले चालु आर्थिक वर्षभित्र अञ्चलस्तरीय वा सो भन्दा माथिका अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष एन।आई।सि।यु सेवा विस्तार गर्ने भएको छ । हाल यो सेवा राजधानीको कान्तिबाल अस्पताल र थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालमा मात्रै सञ्चालन छ । राजधानी बाहिर भने चितवनको भरतपुर अस्पतालमा मात्र यो सेवा उपलब्ध रहेको बाल स्वास्थ्य महाशाखाले जनाएको छ । अबको तीन महिनाभित्रमा सेवा विस्तार गर्ने गरी आन्तरिक गृहकार्यमा जुटेको महाशाखा अन्तर्गतको नवजात शिशु तथा बालरोग एकीकृत व्यवस्थापन कार्यक्रम प्रमुख पर्शुराम श्रेष्ठले बताउनुभयो । करीब १२ वटा अस्पतालमा एनआईसियु सेवा विस्तार गर्ने सरकारको योजना छ । श्रेष्ठका अनुसार चालु आर्थिक वषमै १२ बढी अस्पतालमा एनआईसीयु सेवा विस्तार गर्ने महाशाखाको तयारी छ । सरकारले यसअघि नै सुरु गरिसकेको नवजात शिशु विशेष उपचार कक्ष एसएनसियु सेवा पनि प्रभावकारी रुपमा सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिनुभयो । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको एक तथ्याङ्क अनुसार प्रत्येक हजार जीवित शिशुमध्ये २१ जनाको पहिलो महिनाभित्र, ३२ को एक वर्षभित्र र ३९ जनाको पाँच वर्षभित्र मृत्यु हुने गरेको छ । सन् २०३० सम्ममा नवजात शिशु मृत्युदर प्रति हजारमा १२ भन्दा कममा झार्ने सरकारी लक्ष्य छ ।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्