Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आधा बढी महिला सुरक्षित गर्भपतन गराउने स्थानबारे अनभिज्ञ



नेपालमा ५२ प्रतिशत महिलालाई सुरक्षित गर्भपतन गराउने स्थानबारे थाहा नभएको एक अध्ययनले देखाएको छ । बाँकी ४८ प्रतशित महिलामध्ये ७९ प्रतिशतलाई सरकारी संस्था, करीब १९ प्रतिशतलाई गैरसरकारी संस्था र ४६ प्रतिशतलाई निजी संस्था बारे थाहा भएको सो अध्ययन प्रतिवेदनमा उल्लेख छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ को एक तथ्याङ्क अनुसार सबैभन्दा बढी ३० देखि ३४ वर्ष उमेर समुहका महिलालाई सुरक्षित गर्भपतन गराउने स्थानबारे थाहा छैन ।

प्रदेश नम्बर ६ का ५३ प्रतिशत महिला गर्भपतन गराउने सुरक्षित स्थान र ८८ प्रतिशत महिला सरकारी संस्थाबारे जानकार छन् । सुरक्षित गर्भपतन सेवालाई थप सर्वसुलभ तथा पहुँचयोग्य बनाउन कानूनी व्यवस्था र सेवा सम्बन्धी जनचेतना वृद्धि गर्नुपर्ने आवश्यकता रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा। नरेशप्रताप केसीले बताउनुभयो ।

करीब ५१ प्रतिशत महिलाले भने अनिच्छुक गर्भका कारण गर्भपतन गराउने गरेको सो अध्ययनले देखाएको छ । अनिच्छुक गर्भ रहन नदिन गुणस्तरीय परिवार नियोजन सम्बन्धी कार्यक्रमको विस्तार आवश्यक रहेको डा। केसीको भनाई छ । नेपालमा सुरक्षित गर्भपतन सेवाले कानुनी मान्यता पाएको १० वर्ष बढी भइसकेको छ । मुलुकभरका सबै जिल्ला अस्पताल तहसम्म सुरक्षित गर्भपतन सेवा उपलब्ध रहेको तथा ५१ वटा जिल्लामा औषधिको प्रयोगबाट सुरक्षित गर्भपतन गरिने गरेको महाशाखाले जनाएको छ । कान्तिपुर दैनिक बाट

प्रतिक्रिया दिनुहोस्