Logo
|
Wednesday 24th April 2024
Logo

epaper

आरोग्य फाउन्डेसन आयकर तिर्ने उत्कृष्ठ संस्था



ललितपुरको पुल्चोकस्थित आरोग्य फाउन्डेसनले सरकारलाई सबैभन्दा धेरै आयकर तिरेको छ । छैटौं कर दिवसको अवसरमा ७ गते बिहीबार आयोजित विशेष कार्यक्रममा आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा धेरै आयकर तिर्ने संस्थाको रुपमा फान्डेसनलाई सम्मान गरिएको हो । आन्तरिक राजश्व विभाग र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा अर्थ सचिव शंकर अधिकारी र महासंघका अध्यक्ष भवानी राणाले फाउन्डेसनकी अध्यक्ष आनी छोइङ डोल्मा र महासचिव डाक्टर पुकार श्रेष्ठलाई सम्मान गर्नुभएको थियो । गैर नाफामुलक सामाजिक संस्था आरोग्य फाउन्डेसनले मिर्गौल डायलाईसिसलगायत प्रत्यारोणसम्बन्धि बिरामीहरुका लागि प्रयोगशाला सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्