Logo
|
Friday 29th March 2024
Logo

epaper

कान्ति बाल अस्पताल दुई नर्सको भरमा ५२ बिरामी



मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाइएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ । तर कान्ति बाल अस्पतालको यथार्थ अर्कै छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ । अस्पतालको मेडिकल वार्डमा ५२ शड्ढया छन् । वार्ड सधैंजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् । सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समात्र हुन्छन् । ‘साप्ताहिक बिदा, सार्वजनिक बिदा र सिफ्ट बाडिँदा ड्युटीमा दुईजनामात्र हुन्छौं,’ वार्डकी नर्स निर्मला रेग्मीले भनिन् ।

अस्पतालको मेडिकल वार्डमा ५२ शड्ढया छन् । वार्ड सधैंजसो भरिभराउ हुन्छ तर बिरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् ।
अस्पतालकै पेइङ वार्डका ४० शड्ढयाका लागि पनि दुईजनामात्र नर्स छन् । अस्पतालका अन्य वार्डको अवस्था पनि उस्तै छ । ‘सबै वार्डमा नर्स अपुग छन्,’ अस्पतालकी मेट्रोन निवारण जोशीले भनिन्, ‘नर्सकै अभावमा ५२ शड्ढयाको सिआइसियूमा ३४ शड्ढयामात्रै सञ्चालनमा छन् ।’ कामको चापले अस्पतालका नर्स सधैं तनावमा हुन्छन् । ‘दुईजनाले पालैसँग औषधि दिँदा बिरामीले समयमा औषधि पाउनै सक्दैनन्,’ नर्स हरिमाया वाग्लेले भनिन् । नर्स तनावमा हुँदा गल्ती हुने सम्भावना पनि उत्तिकै हुने उनले बताइन् । ‘औषधिको मात्रा मिलेन भने बिरामीको ज्यान जोखिममा पर्छ,’ उनले भनिन् ।

गम्भीर बिरामीलाई ध्यान दिँदा नियमित बिरामीलाई सेवा अपुग हुने मेडिकल वार्डकी नर्स निर्मला रेग्मीले बताइन् । बिरामीलाई पर्याप्त सेवा नपुग्दा र कामको भार थपिँदा सन्तुष्टि नमिल्ने उनी बताउँछिन् । रेग्मीका अनुसार बालबालिकाका लागि कुरुवा बसेकाले गुनासो गर्न आउँदा नर्स थप तनावमा हुन्छन् । नर्स अपुग भएकाले गुणस्तरीय सेवा दिन नसकिने अस्पतालकी मेट्रोन जोशी बताउँछिन् । अस्पताललाई थप ५० नर्स आवश्यक भएको मेट्रोन जोशी बताउँछिन् । यसका लागि स्वास्थ्य मन्त्रालयमा माग गरेपनि जनशक्ति पूरा हुन नसकेको उनले बताइन् । अस्पतालमा १ सय ५० शड्ढया हुँदाको दरबन्दीले नै हालको ३ सय ५० शड्ढया थेग्नुपरेको उनको भनाई छ ।नागरिकन्युजबाट

प्रतिक्रिया दिनुहोस्