Logo
|
Saturday 20th April 2024
Logo

epaper

बिराटनगरको न्युरो हस्पिटल पूर्वाञ्चलकै उत्कृष्ठ करदाताबाट सम्मानित



 

बिराटनगरको न्यूरो कार्डियो एण्ड मल्टी सुपरस्पेशियालिटी हस्पिटल यसबर्ष पुर्वाञ्चलमा सबैभन्दा धेरै आयकर तिर्ने हस्पिटल बनेको छ ।

छैटौं राष्ट्रिय कर दिवसको अवसरमा बिराटनगरमा आयोजित एक कार्यक्रममा आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा धेरै आयकर तिर्ने संस्थाको रुपमा अस्पताललाई सम्मान गरिएको हो ।

आन्तरिक राजश्व कार्यालय बिराटनगरद्धारा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक वरिष्ठ न्यूरो विशेषज्ञ डाक्टर बीरेन्द्र विष्ट एवं अस्पतालकी निर्देशक अनिषा विष्टले सो सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।
नेपालको पूर्वी क्षेत्रमा न्यूरो र मुटुको उपचारमा न्यूरो कार्डियो एण्ड मल्टी सुपरस्पेशियालिटी हस्पिटलले उत्कृष्ठ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्