Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

काठमाडौंको बाँसबारीस्थित न्यूरो हस्पिटल उत्कृष्ठ करदाता



काठमाडौंको बाँसबारीस्थित न्यूरो हस्पिटल यस बर्षको सबैभन्दा बढी आयकर दाखिला गर्ने हस्पिटल भएको छ ।

छैटौं राष्ट्रिय कर दिवस २०७४ को अवसरमा आयोजित एक कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक एवं वरिष्ठ न्यूरो सर्जन प्राध्यापक डाक्टर उपेन्द्र प्रसाद देवकोटालाई आर्थिक वर्ष २०७२/०७३ मा साना करदाता (बार्षिक ५ करोड रुपियाँसम्म कारोबार भएका) मध्ये सबैभन्दा बढी आयर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरिएको छ ।

उहाँलाई अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्मान पत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा अर्थ राज्यमन्त्री उदय समशेर राणा, अर्थ सचिव शंकर प्रसाद अधिकारी, आन्तरिक राजश्व विभागका सचिव शिशिर कुमार ढुंगाना र विभागका महानिर्देशक किशोर जंग कार्कीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्