Logo
|
Saturday 20th April 2024
Logo

epaper

ओम्निका धेरै आयकर तिर्ने औषधि कम्पनि



   भक्तपुरको जगातीस्थित ओम्निका फर्मास्युटिकल्स प्रा.लि. भक्तपुरबाट सरकारलाई सबैभन्दा धेरै आयकर तिर्ने औषधि कम्पनि भएको छ । छैटौं राष्ट्रिय कर दिवस २०७४ को अवसरमा हालै आयोजित विशेष कार्यक्रममा आर्थिक वर्ष २०७२/०७३ मा सबैभन्दा धेरै आयकर तिर्ने औषधि कम्पनिको रुपमा ओम्निकालाई सम्मान गरिएको हो ।

आन्तरिक राजश्व विभाग र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा भएको कार्यक्रममा अर्थ सचिव शंकर अधिकारी र महासंघका अध्यक्ष भवानी राणाले ओम्निकाका प्रबन्ध निर्देशक महेश प्रधानलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । यसअघि २०७० सालमा पनि ओम्निका भक्तपुरबाट सबैभन्दा धेरै आयकर तिर्ने उत्कृष्ठ औषधि कम्पनिका रुपमा सम्मानित भइसकेको छ ।


कम्पनिका प्रबन्ध निर्देशक महेश प्रधानले जनस्वास्थ्य सरोकारसँग कुरा गर्दै भन्नुभयो— हामी उच्चस्तरीय औषधि आम नेपाली जनतालाई उपलब्ध गराउन जागरुक छौं । नाफा भन्दा पनि जनताको स्वास्थ्यप्रति अति संवेदनशील छौं । राज्यलाई बुझाउने कर पारदर्शी छ ।’ उहाँले आन्तरिक राजश्व कार्यालयले उच्च मूल्यांकन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।


सन् १९९७ मा स्थापना भएको ओम्निकाले सन् २००० बाट आफ्ना उत्पादन नेपाली बजारमा बिक्रीवितरण शुरु गरेको हो । हाल कम्पनिले ५४ वटा ब्रान्डका औषधि उत्पादन गर्दै आएको छ । दुखाई व्यवस्थापन, कार्डियोभास्कुलर, एन्टिडायबिटिज औषधि ओम्निकाका उत्कृष्ठ उत्पादन हुन् । ओम्निकाले चाँडै न्युरो साइक्याट्रिक औषधि बजारमा ल्याउँदैछ ।  

प्रतिक्रिया दिनुहोस्