Logo
|
Thursday 18th April 2024
Logo

epaper

यसरी उपचारको पहुँच पुर्याउन सकिन्छ



त्रि.बि.शिक्षण अस्पतालको आकस्मिक कक्षमा दैनिक डेढ सय बिरामी दैनिक आउने गरेका छन् । आकस्मिकमा शैया नपाएर एउटै बेडमा दुई जना राखेर पनि उपचार गर्नुपर्ने बाद्यता छ । कतिपयलाई ट्रलीमा सुताएर उपचार गर्नुपर्छ । यो चाहिने भन्दा धेरै चाप हो । अहिले त्रि.बि.शिक्षण अस्पतालको इमर्जेन्सी विभागमा ७० वेड रहेको छ ।

अस्पताल आएका सबै बिरामी भर्ना गर्न सकिँदैन । किनभने अस्पतालमा सिमिति वेड छन् । बिरामीको चाप अनुसार वेडको सुविधा छैन । अस्पताल आइसकेपछि बाहिर जान अधिकांश बिरामीहरुलाई सहज पनि छैन ।

पहुँचबाहिर बिरामी
त्रि.बि.शिक्षण अस्पतालमा जम्मा बेड संख्या ६ सय ६३ रहेको छ । ओपिडी बिरामी दैनिक २ हजारको हाराहारीमा हुने गरेको छ । त्यसबाहेक करिब ५ सयले इक्सटेन्डेड हेल्थ सर्भिस (इएचएस) मा ओपिडि सेवा लिने गर्छन् । करिब दैनिक १ सय जना डिस्चार्ज र १ सय बिरामीको भर्ना हुने गर्छ ।
कति वेड भएमा बिरामीको चाप धान्न सक्छौं ? भन्ने कुरा अनुमान गर्न गा¥ह«ो छ । जति भएपनि पुग्दैन । अस्पताल आएका बिरामीहरु क्षमताको पहुँचभन्दा बाहिर छन् ।

कसरी कम गर्ने चाप ?
देशका विभिन्न ठाउँमा सुविधासम्पन्न हस्पिटल बनाउनुपर्छ । ति ठाउँमा चिकित्सक जाने वातावरण बनाउनुपर्छ । ठाउँ अनुसार इन्टेन्सिभ दिनुपर्छ । अनि मात्र काठमाडौंमा आउने बिरामीको चाप न्यूनिकरण गर्न सकिन्छ ।
समुदायमा स्वास्थ्य सेवाको पहुँच
समुदायमा ९० प्रतिशत मानिसको बसोबास छ । तर स्वास्थ्य सेवा ९० प्रतिशत शहरी क्षेत्रमा मात्र केन्द्रित छन् । यद्यपी स्वास्थ्य सेवाको पहुँच र जनसंख्याको अनुपात उल्टो छ । त्यसैले समुदाय तहमा स्वास्थ्य सेवाको पहुँच बढाउन जरुरी छ ।

खै जनशक्ति ?
अस्पतालाई अझ शसक्त बनाउन जनशक्तिको आवश्यक छ । सरकारले दरबन्दी बढाउनुपर्छ । अस्पतालमा सेवा सु्विधा थपेर मात्र हुँदैन । जनशक्तिको दरबन्दीको पनि राम्रो व्यवस्था गर्नुपर्छ । आन्तरिक श्रोतबाट तलब खुवाउन अस्पतालले पनि कमाउनुपर्छ । यस्तो अवस्थामा अस्पतालको सेवा र सुविधा महँगो हुन्छ ।
नेपालको सरकारी तथा अर्ध सरकारी अस्पतालहरुमा दरबन्दीको सुनिश्चितता गर्नुपर्ने आवश्यकता छ ।

कता छ सरकार ?
अहिलेसम्म त्रि.बि.शिक्षण अस्पतालको समस्याबारे सरकारले सोधेको छ ? भन्ने प्रश्न पनि आउँछ । तर मलाई अहिलेसम्म कसैले पनि सोधेका छैनन् । मैले समस्याबारे पटपटक अवगत गराइरहेको छु । अहिले त्रि.बि.शिक्षण अस्पतालमा दरबन्दीको अभाव छ । यो अस्पताल त्रि.बि.शिक्षण अस्पताल शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालित निकाय हो । यहाँ सम्पूर्ण सेवा उपलब्ध छ ।
त्रि.बि.शिक्षण अस्पतालको सेवाको स्तर विकासका लागि स्वास्थ्य मन्त्रालयअन्तर्गत नेपाल सरकारले जिम्मेवारी लिनुपर्छ । यो जनशक्ति उत्पादन गर्ने अस्पताल पनि भएकाले शिक्षामन्त्रालय, विश्वविद्यालय अन्तर्गत नेपाल सरकारले स्तरीय जनशक्ति उत्पादन गर्ने, रिसर्च र एकेडेमिकको गुणस्तर बढाउन जिम्मेवारी लिनुपर्छ ।

स्वास्थ्य र शिक्षाको जुहारीले पीडित
तर स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको जुहारीका कारण त्रि.वि.शिक्षण अस्पतालको स्तर विकास हुन सकेको छैन । शिक्षा मन्त्रालयले अस्पताल भएकाले यसको सम्पूर्ण जिम्मेवारी स्वास्थ्य मन्त्रालयले लिनुपर्ने बताउँछ । स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयअन्तर्गत भएकाले यसको जिम्मेवारी शिक्षा मन्त्रालयले लिनुपर्ने बताउँछ । यसले यो अस्पताल सा¥ह«ै पीडित छ ।

अस्पताल ठूलो भएर मात्र हुन्न
त्रि.बि.शिक्षण अस्पताल देशको ठूलो र उत्कृष्ठ अस्पताल हो । यो अस्पताल स्वास्थ्य मन्त्रालयअन्तर्गत नभएपनि मन्त्रालय अन्तर्गतका सबै अस्पतालको तुलनामा धेरैलाई सेवा दिने अस्पतालमा पर्छ । सम्पूर्ण विपन्न नागरिकलाई स्वास्थ्य सेवा दिने सरकारको कार्यक्रम धान्न सक्ने यो पूर्ण अस्पताल हो । बीर अस्पतालमा पेडियाट्रिक विभाग, आँखा विभाग, प्रशुति विभाग छैन । अस्पताल ठूलो मात्र भएर हुँदैन । सेवा विभाग नभएपछि कसरी सेवा दिन सकिन्छ ?
सोलार रकम नपाउँदा समस्या
यस अस्पतालमा दैनिक १.४ मेगा वाट्स बिजुली खपत हुन्छ । यसमा दैनिक एक लाख १५ हजार रपियाँ जति खर्च हुन्छ । यसलाई कम गर्न सोलार राख्न तीन तहमा विभाजन गरेर काम शुरु गरिएकोमा पहिलो तहको काम सकिएको छ । दोस्रो र तेस्रो तहको काम गरेको रकम नपाउँदा धेरै समस्या भएको छ । यता उर्जामा देशको पैसा खर्च नभएर बसिरहेको छ ।

सोलारको फाइदा
यो अस्पताललाई सोलारको सुनिश्चितता गर्न सकेमा ७०—८० प्रतिशत विजुलीको खपत कम गर्न सकिन्छ । यो देश, जनता र वातावरणका लागि राम्रो हो । अहिले त्रिवि शिक्षण अस्पतालका छत खाली छन् । यसप्रति सरकारले चासो देखाउनुपर्छ । यो राज्यको जिम्मेवारी हो । सोलारका लागि वातावरण मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा धाइरहेको छु । तर समाधान हुन सकेको छैन । दैनिक बिजुलीमा हुने खर्च बचाउन सकेमा अस्पताललाई अझ व्यवस्थित बनाउन सकिन्छ ।

सहयोगको अपेक्षा
दुर्गमका अधिकांश विपन्न नागरिकको पहुँच हुँदैन । यो अस्पताल गरिब जनताका लागि हो भन्ने सबैले बुझ्न जरुरी छ । अस्पताल सुव्यवस्थितका लागि सबै राजनीतिक नेताहरुले पहल र सहयोग गर्नुपर्छ । यसप्रति सरकार गम्भिर हुनुपर्छ र सम्बन्धित निकायलाई जिम्मेवारी सुम्पिनुपर्छ । यसबाट सफलता प्राप्त गर्न सकिन्छ । नीति तर्जुमा गरेर कार्यक्रम सफल बनाउन सरकारको सहयोग बिना सम्भव हुन सक्दैन । निजीलाई त सरकारको सहयोग जरुरत पर्छ भने सरकारीलाई सरकारकाले सुनिश्चितता गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्