Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेशनल रेफरेन्स ल्याबोरेटोरी ‘ए’ वर्गको प्रयोगशालामा सुचिकृत



काठमाडौंको नयाँ बानेश्वरस्थित नेशनल रेफरेन्स ल्याबोरेटोरी (एनआरएल) ‘ए’ वर्गको सुचिमा परेको छ । स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन सम्बन्धी राष्ट्रिय निर्देशिका २०७३ ले तोकेको मापदण्ड पूरा गरेकाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एनआरएललाई ‘ए’ वर्गको प्रमाणपत्र प्रदान गरेको हो ।

स्टाण्ड एलोन ल्याबोरेटोरी अन्तर्गत ‘ए’ वर्गको प्रमाणपत्र पाउने एनआरएल पहिलो ल्याबोरेटोरी भएको छ । एनआरएलका प्रबन्ध निर्देशक किशोर खनालले भन्नुभयो—‘ए’ वर्गको स्टान अलोन ल्याबका लागि आवश्यक पर्ने तोकिएको सम्पूर्ण मापदण्ड पूरा गरेका छौं र आगामी दिनमा यसलाई निरन्तरता दिनेछौं ।’
स्टाण्ड एलोन प्रयोगशाला भन्नाले अस्पतालमा आधारित नभई प्रयोगशाला सेवा मात्र प्रवाह गर्ने गरी स्थापना भई सञ्चालन अनुमति प्राप्त गरेका प्रयोगशाला र पोलिक्लिनिकमा आधारित प्रयोगशालाहरु पर्दछन् ।
‘ए’ समूहमा पर्ने प्रयोगशालाहरुले अति—विशिष्ट प्रयोगशाला सेवा प्रदान गर्नुपर्छ । यस्ता प्रयोगशलाहरु सरकारी, स्वायत्त र केन्द्रीय तहका सरकारी अस्पतालहरुमा आधारित हुन्छन् । यो समूहमा पर्ने निजी प्रयोगशालाहरुले सरकारी प्रयोगशालाहरुलाई तोकिए सरहकै मापदण्डहरु पूरा गर्नुपर्छ ।
‘ए’ समूहमा परेका प्रयोगशालाहरुको ठाउँ स्पेशलाईज सेवाको आधारमा कम्तिमा पनि २ हजार स्क्वाएर फिट भन्दा बढी आवश्यकता पर्छ । आवश्यकताका आधारमा कम्तिमा पनि ४ वा सो भन्दा विभागहरु हुनुपर्छ ।

साथै नमुना संकलन, इन्फर्मेसन, रिसेप्सन, क्यास काउन्टर, रिपोर्टिङ रुम, क्वालिटी कन्ट्रोल युनिट, लाइब्रेरी, मिटिङ हल र प्रयोगशाला प्रमुखको कर्यालयको जरुरी हुन्छ । यसका साथै तोकिएको मापदण्डअनुसार उत्कृष्ठ प्रविधिबाट परीक्षण हुनुपर्छ ।

‘ए’ समूहमा परेका ल्याबहरुमा ल्याब असिस्टेन्ट ६ जना, ल्याब टेक्निसियन १० जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट ६ जना, १ वा २ जना प्याथोलोजिष्ट, माइक्रोबायोलोजिष्ट (एमडी) १ जना, बायोकेमिष्ट (एमडी) १ जना जनशक्तीको जरुरत पर्छ ।

राष्ट्रिय स्वास्थ्य प्रयोगशाला नीति २०६९ ले प्रयोगशाला सेवाको नियमन, गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन तयार पारिएको स्वास्थ्य प्रयोगशाला सेवा सञ्चालन सम्बन्धि राष्ट्रिय निर्देशिकाले क्लिनिकल ल्याबोरेटोरीहरुलाई मापदण्डका आधारमा ‘ए’, ‘बी’ ‘सि’, ‘डी’ र ‘ई’ गरी पाँच समूहमा वर्गिकरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्