Logo
|
Friday 19th April 2024
Logo

epaper

डाक्टर जि होइन, डाक्टरसाप हुन सिकौँ



वैदेशिक रोजगारका लागि जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरु गुणस्तरीय, पारदर्शी, मर्यादित र व्यवस्थित हुनुपर्नेमा जोड दिइएको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघको १२ औं साधारण सभाका वक्ताहरुले सो धारणा व्यक्त गरेका हुन् । वैदेशिक रोजगारका लागि जाने कामदारहरुको स्वास्थ्य परीक्षण राम्रो हुन नसक्दा उनीहरुले विभिन्न समस्या व्यहोर्नुपरेको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डाक्टर दामोदर पोखरेलले नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धि स्पष्ट नीति लागू गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौका प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले वैदेशिक रोजागारका लागि लागि जाने कामदारहरुको स्वास्थ्य गर्ने संस्थाहरुमा व्यापारिकरण निकै फस्टाएको भन्दै त्यसलाई रोक्नुपर्ने आवश्यकता औंल्याउनुभयो
स्वास्थ्य सेवालाई व्यापारिक दृष्टिकोणबाट टाढै राख्नुपर्ने बताउँदै उहाँले डाक्टर जिलाई व्यापारी जस्तो साहुजिको संज्ञा दिदै उहाँले डाक्टर जि नभइ डाक्टर साप बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल रेडियोलोजी एशोसिएसनका अध्यक्ष डा. स्वयमप्रकाश पण्डितले नेपालबाट स्वास्थ्य परिक्षण गराएर वैदेशिक रोजगारमा गएका व्यक्तिहरु विदेशमा स्वास्थ्यमा अनफिट भएर फर्कदा स्वास्थ्य व्यवसायीलाई समस्या पर्ने भन्दै त्यस्ता समस्या कम गर्न अनलाइन प्रणाली लागू गर्नुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्काले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षणलाई कसरी गुणस्तरीयता बनाउन सकिन्छ भन्नेमा महासंघ लागि परेको बताउनुभयो । उहाँले १२ वर्षमा स्वास्थ्य व्यवसायी महासंघ धेरै उचाइमा पुगेको भन्दै पछिल्लो समय महासंघले आफ्नै जग्गा लिएर एक वर्षभित्र भवन निर्माण गरिसक्ने जानकारी दिनुभयो ।
कार्यक्रममा महासंघका उत्कृष्ट कर्मचारीको रुपमा प्रशासकीय अधिकृत रविन्द्र केसी र जीतबहादुर खड्कालाई सम्मान गरिएको थियो । यसैगरी महासंघका सदस्यका छोराछोरीबाट एसइइमा सर्वोत्कृष्ट अंक ल्याउने विमसराज शाक्य र समिक्षा भण्डारीलाई नगद १० हजारसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्