Logo
|
Friday 29th March 2024
Logo

epaper

मुलुकमा एड्स संक्रमित घटे



राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले नेपालमा एड्स संक्रमितहरुको संख्या घटेको बताएको छ । आज पत्रकार सम्मेलन गरी नेपालमा ३२ हजार ७३५ जनामा एचआईभी संक्रमण रहेको बताएको छ । त्यसमध्ये पुरुष २० हजार २३२ जना र महिलाको संख्या १२ हजार ५०३ रहेको केन्द्रले जनाएको छ ।

३० औँ विश्व एड्स दिवसको अवसरमा आयोजित कार्यक्रममा केन्द्रका फोकल पर्सन बीरबहादुर रावलले नेपालका बयस्क उमेर (१५ – ४९ बर्ष) जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१७ प्रतिशत रहेको बताउनुभयो । उहाँले करिब ७० प्रतिशत संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको बताउनुभयो ।

केन्द्रका अनुसार सन् २०१० देखि सन् २०१६ सम्ममा विश्वव्यापी ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ । यसैगरी सन् २००५ देखि २०१६ सम्ममा एड्सको कारणले मृत्यु ४८ प्रतिशतले घटेको छ ।

नेपालमा सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशतले नयाँ सक्रमण घटेको छ भने ६८ प्रतिशतले बच्चाहरुमा हुने नयाँ संक्रमण कमी आएको छ । यसैगरी एड्सको कारणले मृत्यु हुने संख्या ३० प्रतिशतले घटेको छ ।

रावलले संक्रमितमध्ये ४० प्रतिशत अर्थात १४ हजार ५४४ मात्र एआरभी उपचारमा रहेको बताउनुभयो । ३२ हजार ७३५ जनामा एचआईभी संक्रमण रहेको अनुमान गरिएको छ । त्यसमध्ये पुरुष २० हजार २३२ जना र महिलाको संख्या १२ हजार ५०३ रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ ।

३० औँ विश्व एड्स दिवसको अवसरमा आयोजित कार्यक्रममा केन्द्रका फोकल पर्सन बीरबहादुर रावलले नेपालका बयस्क उमेर (१५ – ४९ बर्ष) जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१७ प्रतिशत रहेको बताउनुभयो । उहाँले करीब ७० प्रतिशत संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको बताउनुभयो ।

केन्द्रका अनुसार सन् २०१० देखि सन् २०१६ सम्ममा विश्वव्यापी ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ । यसैगरी सन् २००५ देखि २०१६ सम्ममा एड्सको कारणले मृत्यु ४८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्