Logo
|
Thursday 28th March 2024
Logo

epaper

आज विश्व एड्स दिवस, नेपालमा ३२ हजार ७ सय २५ एड्स संक्रमित



‘स्वास्थ्य हाम्रो अधिकार’ भन्ने मुल नाराका विश्व एड्स दिवस २०१७ नेपालमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ ।

विश्व एड्स दिवस हरेक वर्ष डिसेम्भर १ तारेखमा मनाइन्छ । यो दिवस मनाउने निर्णय सन् १९८८ मा संयुक्त राष्ट्रसंघीय महासभाले गरेको हो ।

नेपालमा ३२ हजार ७३५ जनामा एचआईभी संक्रमण रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । त्यसमध्ये पुरुष २० हजार २३२ जना र महिलाको संख्या १२ हजार ५ सय ३ रहेका छन् ।

केन्द्रका फोकल पर्सन बीरबहादुर रावलले नेपालका बयस्क उमेर (१५ – ४९ बर्ष) जनसंख्यामा एचआईभीको व्याप्तता दर ०.१७ प्रतिशत रहेको बताउनुभयो । उहाँले करिब ७० प्रतिशत संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको बताउनुभयो ।

केन्द्रका अनुसार सन् २०१० देखि सन् २०१६ सम्ममा विश्वव्यापी ११ प्रतिशतले नयाँ संक्रमण घटेको छ भने ४७ प्रतिशतले बच्चाहरुमा हुने संक्रमण कम भएको छ । यसैगरी सन् २००५ देखि २०१६ सम्ममा एड्सको कारणले मृत्यु ४८ प्रतिशतले घटेको छ ।

नेपालमा सन् २०१६ सम्ममा नेपालमा ५७ प्रतिशतले नयाँ सक्रमण घटेको छ भने ६८ प्रतिशतले बच्चाहरुमा हुने नयाँ संक्रमण कमी आएको छ । यसैगरी एड्सको कारणले मृत्यु हुने संख्या ३० प्रतिशतले घटेको छ ।

रावलले संक्रमितमध्ये ४० प्रतिशत अर्थात १४ हजार ५४४ मात्र एआरभी उपचारमा रहेको बताउनुभयो । ३२ हजार ७३५ जनामा एचआईभी संक्रमण रहेको अनुमान गरिएको छ । त्यसमध्ये पुरुष २० हजार २३२ जना र महिलाको संख्या १२ हजार ५०३ रहेको केन्द्रले जनाएको छ ।

एचआईभी एड्स एउटा विश्वव्यापी जनस्वास्थ्यको प्रमुख मुद्धा बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ संगठनका अनुसार, सन् २०१६ मा एचआईभी एड््सको संक्रमणबाट विश्वमा १० लाख मानिसको ज्यान गएको छ । सन् २०१६ को अन्त्यतिर ३६ करोड ७ लाख मानिस एचआईभि एड्सको संक्रमण भएको थियो । सन् २०१६ मा विश्वमा १० करोड ८० लाख नयाँ संक्रमित फेला परेका थिए ।
एचआईभि एड्स भएका ५४ प्रतिशत युवा र ४३ प्रतिशत बालबालिकाले मात्र आजिवन एन्टिरेक्ट्रोभाइरल थेरापी (एआरटी) प्राप्त गर्न सकेका छन् ।
एचआईभी एड्सबाट पीडित गर्भवती एवं स्तपान गराउने ७६ प्रतिशत भन्दा धेरै महिलाले एआरटी प्राप्त गरिरहेका छन् ।
अफ्रिका धेरै एचआईभी प्रभावित क्षेत्र हो । यहाँ अहिले पनि २ करोड ५६ लाख व्यक्ति एचआईभि एड्स संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्